Gaurishankar Post
राजनीति

स्थायी केन्द्र टुंगो लगाउने तयारीमा कालिञ्चोक गाउँपालिका


दोलखा ३ माघ,,
२०७४ देखि गाउँपालिकाको स्थायी केन्द्रको बारेमा ठोस निर्णय हुन नसकेको दोलखाको कालिञ्चोक गाउँपालिकाले अब भने तत्काल केन्द्र टुंगो लगाउने तयारी गरेको छ ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएलगत्तै केन्द्रको बारेमा तत्काल निर्णय गर्ने भनियपनि केही प्राविधिक कारणले ढिलो भएको जनाउदै कालिञ्चोकले माघको १५ गतेभित्रै नियमअनुसार केन्द्र तोक्ने तयारी गरेको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले माघ १५ गते भित्र गाउँ सभा बोलाउने तयारी भएको जानकारी दिए । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रहेर सभाका सदस्यहरुले प्रस्ताब गरेका विभिन्न भुभागमध्ये दुई तिहाई सदस्यले मतदान गरेको ठाउँमा केन्द्र तोकिने जानकारी दिए । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्रका लागि जनप्रतिनिधिहरुले विभिन्न ठाउँका नाममा अनौपचारीक छलफल समेत गरिरहेका छन् ।

श्रोतका अनुसार गाउँपालिकाको केन्द्र का लागि जनप्रतिनिधिहरुले कालिञ्चोक ४ को कुबिन्डे , कालिञ्चोक ६ को जनज्योति मावि नजिकैको सार्वजनिक जग्गा, तत्कालिन पुनरसंरचना आयोगले सिफारिस गरेको आहाले, कालिञ्चोक ५ को लापिलाङ, आहालेखेत , कालिञ्चोक ३ को खुरुले , पोखरे लगाएतका क्षेत्रका बारेमा छलफल गरिरहेका छन् । नियम अनुसार प्रस्ताबित नाममध्ये दुई तिहाई सदस्यले मतदान गरेको भुगोल नै आधिकारीक हुने छ । गाउँपालिका अध्यक्ष शिवाकोटीले केन्द्रका बारेमा आफ्नो कुनै स्वार्थ नरहेको प्रस्ट पारेका छन् । उनले दुई तिहाई सदस्यले रोजेको भुगोल नै आधिकारिक हुने जनाएका छन् । अध्यक्ष शिवाकोटीले भने केन्द्रको बारेमा अल्झेर बस्ने समय छैन नियमअनुसार टुंगो लगाएर बाँकी विकास निर्माणका काममा लाग्नुपर्ने बताएका छन् । हामिले गर्नुपर्ने थुप्रै कामहरु छन् , त्यसैले सबैभन्दा पहिला केन्द्रको बारेमा टुंगोमा पुग्ने र क्रमस अरु कामहरु गर्दै जाने गाउँपालिकाको तयारी छ ।

जनप्रतिनिधिहरुले भेग अनुकुलको क्षेत्रका बारेमा बहस पैरवी गरिहेको भएपनि पछिल्लो समय जनप्रतिनिधि बाहेकका कालिञ्चोकका कतिपय सरोकारवालाहरुले कालिञ्चोक ४ को कुबिन्डे केन्द्र निर्माणका लागि उपयुक्त हुने तर्क पेश गरिरहेका छन् ।
कहाँ हो कुबिण्डे ,
कुबिण्डे भन्नाले दोलखा सिंगटी सडकखण्डको गुमुखोला पुल भन्दा झण्डै सय मिटर अगाडीको सामुदायिक वन क्षेत्र हो । कुबिन्डेबाट बारीखेत हुँदै नर्मि गाउँको तल्लो भाग भएर कालिञ्चोक ३ को वडा कार्यालय पोखरे हुदै सुनखानी साङ ्बा सडक जोडिने सडक संरचना समेत छ । सुनखानी साङ्बा सडक अवरुद्ध हुँदा रोल्वालीङ यातायातले यही सडक प्रयोग गर्दै आइरहेको छ । कालोपत्रे भैसकेको दोलखा सिंगटी सडक क्षेत्रमै पर्ने भएपछि कुबिण्डेलाई कालिञ्चोक ७, ८ र ९ नम्बरका स्थानीय बासिन्दालाई पनि सहज हुने कतिपयको तर्क छ । भारत चिन जोड्ने लामाबगर भिठामोठ उत्तर दक्षिण लोकमार्ग समेत तामाकोसी करिडोर हुँदै बन्चरेमा जोडिने भएकाले गाउँपालिकाको केन्द्र कुबिन्डेमा हुँदा अझ शुन्दर हुने केही जानकारहरु बताउछन् ।

गाउँसभामा कुबिण्डेका बारेमा लिखित प्रस्ताव दर्ता गर्छु खुलाल
कालिञ्चोक ४ का वडा अध्यक्ष दिपक खुलालले कुबिण्डे अन्य ठाउँहरुको तुलनामा सबैलाई पायक पर्ने उपयुक्त भुगोल भएको बताए । अध्यक्ष खुलालले उक्त भुगोलका बारेमा अन्य वडाका जनप्रतिनिधिहरुसँग छलफल भैरहेको जनाएका छन् । गौरीशंकर पोष्ट सँग कुरा गर्दै खुलालले भने म सबैसँग समन्वय गर्न खोजिरहेको छु , कतिपयसँग कुरा भैरहेको पनि छ म आगामी गाउँ सभामा कुबिण्डेको बारेमा औपचारीक प्रस्ताब दर्ता गर्छु , जहाँसम्म लाग्छ यतिको मिलेको ठाउँ र सबैलाई पायक हुने अन्यत्र छैन त्यसैले पारित हुन्छ भन्नेमा विस्वस्त छु ।

याे पढ्न छुटाउनु भयाे की ?

जिसस खारेज गर्न सांसदहरुको माग

sanjeet

५ वर्षमा सातदोबाटोमा एउटा सौचालय बनाउन नसक्नेले समृद्ध भीमेश्वरको नारा बेच्न सुहाउछ नविन जी- राजु थापा

shyam khatiwada

भिम बहादुर स्मृति भवन आलम्पुको सांसद लामाद्धारा उद्घाटन

shyam khatiwada
Gaurishankar Post