Gaurishankar Post
विचार

स्मरणमा १० वर्षे सशस्त्र द्धन्द , आमाको आँसुमा कमरेडको बिजय उत्सब -भरत पाण्डे

बिहानिले छितिजको बिस्तारै आँखा खोलिरहेको थियो आकाशमा कालो बादल मडारिरहेको थियो सपनिमा म पराजयको पिडामा तड्पिरहेको थिए नयनहरु त्यो पराजयको पिडाबाट फुत्किन परेलिहरुलाई छुटाउन कोशिस गरिरहेका थिए परेवा र कुखुराले उज्यालोको संकेत गरिरहेका थिए ।सुर्यको किरणले अधेरिमाथि बिजय गरिरहेको थियो ।आमाको मधुर आवाजले कानमा ठक्कर दिई रहेको थियो बाबू उठ उज्यालो भयो ।आमाको मायालु आवाजले मेरो परेलिहरु बिस्तारै खोलिदैथिए मनले सोचिरहेको थियो आगनिमा फुलेका मखमलि र सयपत्रिले सप्तरङ्गि टीका र देउसि भैलोलाई निम्ता गरिरहेको थियो ।त्यसमाथि यो तिहारमा मैले गाउका नौ बडामा भलिभल खेलेर मनोरन्जन गराउनु ठुलो धोको थियो ।त्यसैले २०५७ कार्तिकको ८ र ९ गते सबै वडामा पत्रचार गरे । तिहारलाई मनोरम बनाउने लक्ष्य पूरा गर्न ५गते बिहान थोरै नास्ता गरेर चार घन्टाको बाटो चरिकोट जान हातमा नामलो र बोरा लिएर १० बजे पुगियो तीन पाथि नुन पाच केजि चिनि र घरयासि सामन ३५ केजि जतिको भारि बोकेर आधा बाटोमा आएर सबै साथिहरु बास बसियो बिहानको नास्ताले छोडेर होला पेटले झस्का र शरिरले आलश्यता थपिरहेको थियो । अहिलेको जस्तो सबै ठाउमा होटल हुदैनथ्यो । एक जना सेडाई बा को मा बास बसियो बालाई चिया बनाउनु भयो र भारिमा रहेको चिउरा निकालेर बहुत मिठो संग खाईयो मिठो त भोजन थिएन मात्र भोक भोलि पल्ट बिहान सुन्द्रावतिको उकालो लागियो माथि टोपाको डिलमा चौतारिलाई भारि बोकाई प्रकृति संग अंगालो मारिरहेका थियो । त्यसै बखत हस्याङ फस्याङ गर्दै हाम्रै गाउको बिधुतमा काम गर्ने सन्तोष सर आउनु भयो ।अनि मलाई सुनाउनु भयो तरुण दल सचिब हिम कु थामिलाई माओबादिहरुले कुट्दै नियन्त्रणमा राखेका छन तपाईं लाई चाहिँ मार्ने कुरा छ हजुर गाउँ नजानुस भनेर धेरै अनुरोध गर्नु भयो ।तर मलाई बिस्बास थियो मैले केहि गल्ति गरेको छैन म जान्छु भनेर त्यहाबाट हिड्यौ दिनको एक बजेको थियो घर पुगे थकान र पसिनाको खोला बगिरहेको थियो म घर बाहिर खाटमा सेन्डो र हाप पाईन्टमा बसेर पसिना पुछिरहेको थिए भाउजू आमा ले माओबादिले तिमिलाई मार्छ रे । बोलाको छ। भन्नू भयो १५ बर्षको ठिटो निडर थिए। आमा मलाई लैजादा हजुर नआउनु मरे पनि पिर नमान्नु आखिर मर्नु तएक दिन निश्चितै छ डराउछौ किन मृत्यु देखि ।। हुदैन जीवन वसन्त सधै डराउछौ किन शिशिर देखि ।।यो मैले नै रचेको थिए र आमालाई सुनाए तातो नखाएको पनि तीन छाक भईसकेको थियो भाउजुले बसालेको चुलोको भातले छिड्का हान्दै थियो सबैको गहहरुमा आशुले राज गरिरहेको थियो । त्यसै बखत ५जना कमब्याड ड्रेस लाएर आबेगका ज्वारभाटाहरु मच्चाउदै भरत भन्ने त हैनस त त निक्कै ठुलो नेता हुन्छस रे भने मैले के नेता हुनु सर हामी भनेपछि पाचै जनाले मलाई आगनमा पछाडि हात बाधेर जुत्ताहरु मेरो शरिरमा बजारिरहे पानिको पाईपले हानिरहे उनिहरु थाके पछि खालि खुट्टामा पछाडि बाधेर आमाहरुलाई भोलि १० हातको कात्रो लिएर लास बुझ्न आउनु भनी गुजर्पाको एउटा घरमा लगेर ५० जना कमब्याड धारिहरुको बिचमा राखेर परेड खेलिरहे बोल्न सास समेत नआउने अबस्था थियो आमका मन न हो दस महिनाको काखको पीडा र प्रसब पिडाले किन बिर्सन दिन्थो र त्यसै समयमा मेरो आमा आशु झार्दै दुई हात जोड्दै सर मेरो नाबालक छोराले गल्ति गर्यो एक चोटि माफ दिनुस भनेर छोराको प्राणको लागि याचना गरिरहदा गाउकै एउटा दिदी ले तलाई नि एउटै चिहान बनाउने भन्नुभयो म बोल्न सक्ने अबस्था थिएन एक्कासि बोलि फुट्यो आमा हजुर यहाँ नबस्नुस गैहाल्नुस भने आमा बरर आशु झार्दै फर्कदै हेर्दे एउटा आमाले कहाँ सक्छिनर आफ्नो सन्तान माथि बुठ लाठ्ठि राईफलको कुन्जाले बर्साएको निल डामहरु देख्न मेरो शरीर घिस्रिने जनावर जस्तो भईसकेको थियो कसैले भने राजनिति गर्छस भने बन्दुक बोकेर आईज बन्दुकको मुहारिको हारजित गरौला एक जनाले यसरी बालक लाई नकुट भन्थे कसैले राईफल कनच्टमा ताकेर अभ्यास गरिरहे कसैले खुकुरिले हात छिनाउने भन्दै नाङ्गो खुकुरि देखाए ।यसो गर्दै साजको ६ बजे राजनिति नगर्ने सर्त र जिल्ला बाट राजिनामा लेटर लिएर भेट्ने सर्तमा छोडे कमरेडहरु कुकुरि मचियो उफ्रियौ चोट यो अचानो लाई थाहा छ । के आज हजारौ आमा रुबाएर हजारौ चेलि रुवाएर तपाईहरुको सपना पूरा भएकै हो त के आर्मि पुलिस जनता माओबादि हामी सबै नेपालि जनता होईनौ यिनिहरु सबैको आमा हाम्रो आमा हैनन र आमाको पिडामा खुसि मनाउनु के जाहेज थियो के तपाईहरुले सामान्तबादको अन्त्य महासामन्त जन्माउनु नै थियो र रुकमरेडहरु तपाईंको जस्तो आबेग म सग पनि कम थिएन होला टिन एजर नै थिए आबेग अबस्य हुनेनै भयो तपाईंले भनेजस्तै बन्दुक हैन मिसिन गन र हाउजर म सगै थिए तर कहिल्यै प्रहार गर्न मनले दिएन तपाईंले मेरो शरिर आधि बनाउनु भो तर सयौ कमरेड समातियो एक लपटो हानियन अरुले कुट्दा मलाई कुटेको भन्दा बढि दुख्थ्यो बरु कत्ति उनिहरु रुदा रोए कत्ति आफ्नै पैसा खर्च गरेर लुकाएर खैनि चुरोट खुवाए उनिहरुलाई सान्तोना र परिबारलाई सन्चै छ भने म मा बन्दुक थियो साथमा मानबता मलाई लाग्थ्यो भिन्न बिचारको सम्मान गर्नुपर्छ समाप्त हैन मेरो हरशरिरको हरेक पीडा बिर्षिन सकुला तर मृरो आमाले मेरो प्राणको लागि दुई हात जोडेरआशुझार्दै माफि मागेको र म सगै चिहान बनाउछु भन्ने ती कमरेडलाई मेरो धडकन र प्राण रहुनजेल सम्झि रहने छु । मलाई यातना दिने र बुट बर्साउने हरुमाथि मैले कयौपटक मैले हतियार सहित म हिडेको बेला कयौ पटक जम्काभेट भयो मैले बदला लिने कोशिस गरिन किनकि मेरो शरिरमा बन्दुक र राईफलको कुन्ज बर्सिदा मेरो आमा र परिवारको गहले आशु थाम्न नसकि ती छाति रुझेको थियो मलाई अर्को आमाको आशुले झाति रुझाउन मेरो चरित्रको लागि सोभनिय थिएन । बदला लिएको भए त्यसबेला मिसन र प्रमोशनको अफ्फर थियो तर मलाई कसैको रगत र आशु भन्दा ठुलो मेरो ब्यक्तिगत स्वार्थ थिएन मलाई बुट बर्साउनेहरुको बायोडाटा राम्रोसँग थाहा छ कतिपय राजनितिमा सक्रिय कति निश्कृय हुनुहुन्छ तर कसैलाई आस्थाको आधारमा राजनितिक भबिश्य समाप्त पार्ने काम मेरो नैतिकतामा पर्दैन पेशामा हुदा कयौ कमरेड हरुलाई मृत्युको मुख बाट फुत्काएको थिए । कत्ति कलाकार साथिको गहको आशु बग्दा आफुले पनि सङगै आशु बगाएको थिए ।कतिपय कुरा पेशाको नैतिकताले गोप्य राख्न बिबश छु ।जिन्दगीका अनेकौ हृदयबिदारक सत्यपरक घटनाहरु कोर्न लम्किरहेछु । मलाई राम्रो सग थाहा छ हामिले जितमा पुस्प पुन्ज र अबिरमा पहिरिरहेका हुन्छौ खुसिका उन्मादले उफ्रन्छौ तर त्यहि पुस्प पुन्ज रअबिरमाला लगाई आर्यघाटले जितेको दिन हामी टाउको ठोकि ठाकि भाब बिबहाल भई छट्पटाई रहेका हुन्छौ हाम्रो ओठले मुस्कान दिदैन गहले आशु रोक्न सक्दैन ।त्यसैले मानव हामी सबैको अस्थित्व स्विकार्दै जिउन सक्नु नै मानव कल्याण हुनेछ ।
हारै हुन्छ जिन्दगिमा जति धेरै जितेपनि ।।।
यो धर्तिको पाउना न हो हाम्रो जिन्दगानि ।।।

प्रकाशित सामाग्री लेखक पाण्डेका निजी बिचार हुन यसमा सम्पादन मण्डलको कुनै सहमति वा असहमति छैन।
लेखक पाण्डे नेपाली कांग्रेस कालिञ्चोक ६ का वडा सभापति हुन् ।

याे पढ्न छुटाउनु भयाे की ?

एमसिसी र तत्कालिन नेतृत्व

shyam khatiwada

पार्टी–भक्तिमा समाधिस्थ ‘अब्बल’ कर्मचारी

shyam khatiwada

खरायो गतिमा कोरोना संक्रमण, कछुवाको तालमा स्वास्थ्य मन्त्रालय

sanjeet
Gaurishankar Post