Gaurishankar Post
स्थानीय समाचार स्वास्थ्य

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल


काठमांडौ १४ साउन
,,

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन ।

मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि विमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिए। स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य विमा कार्यक्रममा समेटनका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाई थियो ।
मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागि परेको बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

वडाको बजेट मनोपरि गरेको भन्दै भीनपा ८ बोचमा कांग्रेसले गर्‍यो तालाबन्दी

shyam khatiwada

महामारीको समयमा समाजसेवी खुलालको अर्को पुण्य काम ,गाउँको स्वास्थ्य चौकीलाई अत्याबश्यक औषधी सहयोग

shyam khatiwada

सरोकार समाजद्धारा कालिञ्चोक गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post