Gaurishankar Post
नेपाल समाचार समाचार

हाम्रो कार्यकालको सम्पुर्ण ध्याननै समुन्नत कालिञ्चोक बनाउन हुनेछ – गठबन्धन उम्मेद्वार


बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलिय गठबन्धबाट उम्मेद्वार बनेका कालिञ्चोक गाउँपालिकाका उम्मेद्वारहरुले विजयी पश्चात आफुहरुको मुख्य ध्यान नै समुन्नत कालिञ्चोक बनाउन हुने बताएका छन् ।
शनिबार कालिञ्चोक गाउँपालिका ९ मा आयोजित बृहत चुनाबी सभालाई सम्बोधन गदै दुबै उम्मेद्वारले यस्तो बताएका हुन् । कालिञ्चोक गाउँपालिकालाई समुन्नत बनाउनका निम्ति आफुहरु अहरोत्र खट्ने प्रतिबद्धता समेत उनिहरुले जनाएका छन् । गठबन्धनका तर्फबाट अध्यक्ष उम्मेद्वार अर्जुन शिवाकोटीले पालिका विकासको स्पस्ट खाका आफुहरुसँग रहेको बताउदै काम गर्ने अवसरका लागि आम कालिञ्चोकबासीले एकपटक गठबन्धनलाई विजयी गराउन अनुरोध गरेका छन् । त्यस्तै उपाध्यक्ष उम्मेद्वार कुल बहादुर बुढाथोकीले थामी भाषामा सम्बोधन गर्दै कालिञ्चोक गाउँपालिकामा अति सिमान्तकृत जातीका रुपमा रुहेका थामी समुदायलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माण र शुसासनका काम गरिने जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एमाले दोलखाको जिल्ला अधिबेशन , अध्यक्षमा नर श्रेष्ठद्धारा उम्मेद्धारी घोषणा

shyam khatiwada

ज्वरो आएका बिरामीलाई विगु गाउँपालिकाको एक एक थान डिजिटल थर्मोमिटर

shyam khatiwada

लापिलाङका पहिरो पिडितलाई कांग्रेस नेताहरुको सहयोग

shyam khatiwada
Gaurishankar Post