Gaurishankar Post
नेपाल समाचार

२८८ नयाँ सक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो

नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ ।

देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १० र धरानमा भएको परीक्षणमा १ जनाको पोजेटिभ देखिएको छ ।

यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा २० जना, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ देखिएको छ । दैलेखमा ३७ जनाको पोजेटिभ आएको छ । यस्तै हेटौडामा १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अस्पतालमा १८ जनाको पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणमा टेकुमा १ सय १८ जनाको पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।

आजसम्म पीसीआर विधिबाट ७५ अजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा १२ हजार ४ सय ५१, प्रदेश नम्बर २ मा ७ हजार ५, बागमती प्रदेशमा २५ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ९ हजार ६१ वटा आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा २५ हजार ४ सय ९४, कर्णाली प्रदेशमा १४ हजार ५३ रसुदूरपश्चिम प्रदेशमा २२ हजार ५ सय ४५ जनाको आरडिटी परीक्षण गरिएको उनले बताए ।

यस्तै अहिले देशका विभिन्न क्वारेन्टिनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ हजार ६ सय ३५, प्रदेश नम्बर २ मा २२ हजार ५ सय ३६, बागमती प्रदेशमा ३ हजार ८ र गण्डकी प्रदेशमा ४ हजार ३ सय १५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६ ४ सय हजार ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुमध्ये धेरै जसो भारतबाट आएका नागरिकहरु रहेका छन् ।

प्रदेश नम्बर १ मा १ सय २०, प्रदेश नम्बर २ मा ७ सय ११, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश नम्बर ५ मा ६ सय २२, कर्णाली प्रदेशमा २ सय ५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना गरी १ हजार ८ सय २५ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै उनले थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको पनि जानकारी दिए । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा पहिलोपटक हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता हुने

shyam khatiwada

५१ जना असहाय महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण

shyam khatiwada

नेपालकाे नयाँ नक्सा HD Quality मा डाउनलाेड गर्नुहोस्

sanjeet
Gaurishankar Post