Gaurishankar Post
स्वास्थ्य

२ बर्ष देखि चरिकोट अस्पताल मा कार्यरत सफल डाक्टर : डा हिमशैल खड्का

९, भदाै, दाेलखा

चरिकोट अस्पताल हालसालै मात्र प्रादेशिक अस्पतालको रुपमा परिणत भएको छ र यो अस्पतालका सेवाहरु निशुल्क छन्।  

डा. हिमशैल खड्का तनहु जिल्लामा जन्मिएर २-३ महिना पछिमात्र परिवार संग दोलखा को बिगु गाउपलिकामा आएका हुन् र २ कक्षा सम्मको पढाई दोलखा जिल्लामा नै गरि काठमाण्डौँ मा आफ्नो बाकी पढाइ गरेर नेपालको सबैभन्दा चर्चित कलेज सेन्ट जेभिएर मा प्लसटु गरेर MBBS का लागि नेपाल सरकारको छात्रबृत्रीमा पाकिस्तान गएर ६ बर्षको कठिन पढाई सकेर आएका हुन्।  पाकिस्तानमा पनि धेरै मेहनत गरि उत्कृस्ट श्रेणी हाशिल गरि नेपाल फर्किएका हुन्।  

आफ्नै गृह जिल्ला भएकोले खुसी हुदै चरिकोट अस्पतालमा उनको पोस्टिंग २०७६ भाद्र महिनामा भयो र मेडिकल अधिकृतको रुपमा काम गर्न सुरु गरे ।  

चरिकोट अस्पतालमा काम गर्ने क्रममा उनले  न्याय हेल्थ नेपालको व्यबस्थापन र सरकारी ब्यबस्थापन दुवैको अनुभब गर्ने मौका पाय।  

नम्र बोली बोल्ने, नझर्की अरुलाई व्यवहार गर्ने, साथीहरु लाइ  धेरै सम्मान गर्ने अनि उत्कृस्ट उपचार गर्ने गुणहरु उनको  बिशिस्ट रहेका छन्।  दुइ बर्षको अन्तरालमा बिरामीको राम्रो हेरचाह गर्दै कोविड १९ को पहिलो र दोश्रो लहरमा ज्यादै खटिएर काम गर्ने डा. खड्का सबैको मनमस्तिस्कमा छन् ।  उपचारको क्रममा उनले  आकस्मिक सेवा, सल्यक्रिया सेवा, भिडिओ X-Ray सेवा, महिला हिंशा का सेवाहरु तथा अन्य अस्पतालमा आइपर्ने सेवाहरु सदैब तत्पर भै गर्दै आएका हुन्  ।   

बिशिस्ट काम गरेको भन्दै अस्पतालको सिफरिसमा कालिन्चोक एफ एम, दोलखा  ले कोरोनाको पहिलो लहरमा उत्कृस्ट सेवा गरेको भन्दै उनलाई बिशेष सम्मान गरेको हो ।  

चरिकोट अस्पताल का प्रमुख डा बिनोद दंगाल का अनुसार डा खड्का बिशिस्ट हुन् र उनलाई अस्पताल ले सदैब प्रशंसा गर्छ भनेका छन् ।  डा हिमशैल ले डा दंगाल को लिडरशीप मा केहि चिकित्सकिय अनुसन्धानहरु पनि गर्न सफलभै पब्लिश पनि गरेका छन् ।  

अब उनको  २ बर्षको करार पोस्टिंग सकिएको छ र डा. खड्का  भबिष्य मा MD गरेर पुन दोलखा जिल्लाको चरिकोट अस्पतालमा आइ बिशेसज्ञ सेवा दिने पर्तिबद्धता ब्यक्त गर्छन ।  

याे पढ्न छुटाउनु भयाे की ?

जुम्लाया बच्चाको सामान्य तरिकाले प्रसुती गराउन सफल

sanjeet

झन्डै ५ बर्ष कर्येकाल मा न्याय हेल्थ नेपाल दोलखा को सफलता

sanjeet

दुई दिने निशुल्क स्वास्थ्य शिविरबाट २७६ जना लाभान्वित

sanjeet
Gaurishankar Post