Gaurishankar Post
राजनीति

५ वर्षमा सातदोबाटोमा एउटा सौचालय बनाउन नसक्नेले समृद्ध भीमेश्वरको नारा बेच्न सुहाउछ नविन जी- राजु थापा


दोलखा १५ बैशाख,,
नेपाली कांग्रेस भीमेश्वर ६ का वडा अध्यक्ष उम्मेद्वार राजु थापाले एमाले नेतृत्वको ५ वर्षे कार्यकालको पुरा गर्न लागेका वडाअध्यक्ष नविन लामालाई समृद्ध नगरको परिभाषा गर्न आग्रह गरेका छन् ।
उनले ५ वर्ष शासन सत्ता चलाउदा दोलखाको सदरमुकाम चरिकोटको मुटु सातदोबाटोमा जहाँ हजारौं यात्रुहरु रोकिन्छन त्याहाँ एउटा सार्वजनिक सौचालय बनाउन नसक्नले समृद्ध भीमेश्वरको नारा बेचिरहेको आरोप लगाएका छन् । ठेक्कापट्टा र जग्गा दलालीका नाममा राज्यको बजेट सडकका नाममा खर्चेर नागरिक सहायताको पक्षमा काम गर्नुको सट्टा आफु मोटाउने गतिविधिमा ५ वर्ष समय खर्चेका वडाअध्यक्ष लामालाई थापाले प्रश्न गर्दै भनेका छन् ? यही हो समृद्ध भीमेश्वरको उपहार । थापाले मानविय संवेदना समेत बुझ्न नसक्ने व्यक्ति संघिय लोकतन्त्रमा जनप्रतिनिधि हुन नसक्ने टिप्पणी गरेका छन् । उम्मेद्वार थापाले भीमेश्वर नगरपालिका ६ मा थुप्रै अनियमितता र भ्रस्टाचारले जरो गाडेको बताउदै त्यसको क्रमश सार्वजनिक गर्दै जनताको घर घरमा पुग्ने जनाएका छन् । उनले साँच्चै समृद्ध भीमेश्वर नगरको वडा नम्बर ६ बनाउन आफुसँग थुप्रै योजनाहरु रहेकाले यो निर्वाचनमा कांग्रेसको रुख चिन्हमा मतदान गर्न आह्वान समेत गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रदेशको लगानीमा दोलखाका ६ वटा सडक विस्तार हुँदै , सांसद चौलागाइ भन्छन सडक सहित सिंगो विकासमा खटिएका छौं

shyam khatiwada

कांग्रेसको शुवेच्छुक संस्था समन्वय बिभागको विज्ञ सदस्यमा दोलखाका नेता शिवाकोटी नियुक्त

shyam khatiwada

फराकिलो अन्तरले चुनाव जितिने भन्दैं, भ्रमको पछि नलाग्न वडाअध्यक्ष उम्मेद्वार खुलालद्धारा मतदातालाई आग्रह

shyam khatiwada
Gaurishankar Post