Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार स्वास्थ्य

७ वर्षदेखि निमित्तको भरमा जिल्ला अस्पताल ,जनशक्ति अभाबले उपचारमै समस्या

२७ को दरबन्दी , ११ मात्रै कार्यरत ,

श्याम खतिवडा
दोलखा १५ मंसिर

प्रमुख नहुँदा जिल्ला अस्पताल दोलखा ७ वर्षदेखि निमित्तकै भरमा सञ्चालन भैरहेको छ ।
दसौं तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल जिरी ७ वर्षदेखि नेतृत्व विहिन हुँदा निमित्तको भरमा सञ्चालन भैरहेको हो । प्रमुख नभएपछि अस्पतालबाट प्रवाहा हुने विशेषज्ञ सेवाहरु लामो समयदेखि प्रवाहा हुन सकेको छैन । २०७० सालमा नियमित सरुवा भएर गएका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट पछि हालसम्म जिल्ला अस्पतालमा आठौं तहका मेडिकल अधिकृतले निमित्तको रुपमा काम गर्दै आएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसारका सबै सेवाहरु जिल्ला अस्पताल जिरीबाट वर्षौदेखि बिरामीहरुले पाउन नसकेको स्थानीयहरुले बताउदै आएका छन् ।
जिल्ला अस्पताल जिरीका निमित्त प्रमुख डा. राकेश श्रेष्ठले अस्पतालमा २७ जना कर्मचारीहरुको दरबन्दी भएपनि ११ जनाले मात्रै सेवा प्रवाहा गरिरहेको दुखेसो गरे । अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिरी नगरपालिकाका मेयर टंक जिरेलले पटक पटक मन्त्रालय र मातहतका कार्यालयलाई जनशक्ति पठाउन अनुरोध गरेपनि त्यसको सुनुवाई नभएको बताए । मेयर जिरेलले अत्याबश्यक सेवा प्रवाहाका लागि नगरपालिकाले केही कर्मचारीहरु करारमा भर्ना गरि सामान्य सेवा प्रवाहा गरिरहेको जनाएका छन् ।
भएका उपकरणनै प्रयोगविहिन
अस्पताल स्रोतका अनुसार भएका प्राविधिक उपकरणहरु सञ्चालन गर्ने जनशक्ति समेत अभाब छ । अस्पतालमा ल्याब टेक्निेसियन, रेडियोग्राफर , ल्याब एसिस्टेन्ट जस्ता जनशक्ति वर्षौदेखि नहुँदा पनि मन्त्रालयले अहिलेसम्म पठाएको छैन । प्राविधिक जनशक्ति अभाब हुँदा भएका उपकरणहरुसमेत सञ्चालनमा नआएपछि सामान्य परिक्षण गर्न समेत बिरामीहरुले मोटो रकम खर्चेर निजी अस्पताल जानुपर्ने बाद्यता छ । जनशक्ति अभाबले अस्पतालमा भएका उपकरणहरु प्रयोगविहिन बनेका छन् । अस्पतालमा मापदण्ड अनुसार प्राय सबै उपकरणहरु भएपनि जनशक्ति अभाबकै कारण प्रयोगमा आउन नसकेको हो ।
६ वटा वार्ड रहेको १५ सैंयाको जिरी अस्पतालमा कर्मचारी अभाबकै कारण तोकिएका सेवाहरु प्रवाहा गर्न कठिनाई भएको निमित्त प्रमुख डा. श्रेष्ठले जनाएका छन् । उनले निमित्तको जिम्मेवारी सम्हालेको २ वर्ष अवधि पुरा हुन लाग्दा संयौपटक कर्मचारी पठाउन अनुरोध गरेपनि मन्त्रालयले कर्मचारी नपठाएको हो । कर्मचारी नहुँदा सामान्य उपचार समेत हुन नसक्ने भन्दै बिरामीहरु मोटो रकम खर्चेर अन्यत्र जान बाद्य छन् ।
बेहोस गराएर चिरफार गरि उपचार गर्ने बिरामीलाई बेहोस गराउने एनेष्टिेसीया एसिस्टेन्टको दरबन्दी बर्षौदेखि रिक्त हुँदा सो सम्बन्धि कुनै पनि उपचार हुन नसकेको एक चिकित्सकले बताए ।
यसअघि जिल्ला स्वास्थ्य कार्यालयले नियमित औषधी उपलब्ध गराउदै आएको भएपनि स्थानीय तहको निर्वाचन पछि नगरपालिकाले औषधी उपलब्ध गराउने हुँदा नियमित औषधीनै उपलब्ध नहुने गरेको अस्पतालले जनाएको छ । सरकारले ७० प्रकारका औषधी निशुल्क वितरण गर्न भनेपनि बिरामीहरुलाई सबै प्रकारका औषधी वितरण गर्न नसकेको अस्पताल स्रोतले जनाएको छ ।
फाइल फोटो
जिल्ला अस्पताल जिरी दोलखा ।।

याे पढ्न छुटाउनु भयाे की ?

श्रीमानको शोक बोकेर चुनावी मैदानमा उभिएकी छु,मतदाताले न्याय गर्नुहुन्छ भन्नेमा विस्वस्तछु पासदिकी तामाङ

shyam khatiwada

आयोजनाको लापरबाहीले लिखु १ जलविद्युत आयोजनामा एक मजदुरको मृत्यु , ३ दिनदेखी शव अलपत्र

shyam khatiwada

Attempts to prevent maternal mortality at resource limited setting- A story from Dolakha.

sanjeet
Gaurishankar Post