Gaurishankar Post
ब्रेकिंग राजनीति

कांग्रेसको शुवेच्छुक संस्था समन्वय बिभागको विज्ञ सदस्यमा दोलखाका नेता शिवाकोटी नियुक्त


काठमाडौं ३ भदौ
,,
नेपाली कांग्रेस केन्द्रिय समिति अन्तर्गतको शुभेच्छुक संस्था समन्वय विभागको विज्ञ सदस्यमा दोलखाका कांग्रेस नेता टेकराज शिवाकोटी नियुक्त भएका छन् ।
विगत ३० वर्षदेखि कांग्रेसको राजनीतिमा सकृय रहँदै आएका नेता शिवाकोटी बिहिबार कांग्रेस केन्द्रिय समितिको शुभेच्छुक संस्था समन्वय विभागको विज्ञ सदस्यमा नियुक्त भएका हुन् । उनलाई कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्बमन्त्री एन पी साउदले एक समारोहका अवसरमा बिज्ञ सदस्यमा नियुक्त गरेको पत्र हस्तान्तरण गरेका थिए । विभागका संयोजक समेत रहेका पुर्वमन्त्री साउदले नेता शिवाकोटीलाई कार्यकाल सफलताको शुभकामना दिदै पाटीभित्र सहकार्य र समन्वयको भुमिका आबश्यक रहेको जनाउदै सो कार्यमा सकृयताका साथ आफ्नो जिम्मेवारी पुरा गर्न अनुरोध समेत गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिती दोलखाका आमन्त्रीत जिल्ला सदस्य समेत रहेका शिवाकोटी दुई दशक अघि नेबिसंघको क्षत्रीय सचिब लगाएत जिल्लाका थुप्रै भुमिकामा रहेर काम गरिसकेका नेता हुन् ।

हाल सामाजिक संस्था कालिञ्चोक सरोकार समाजका कोषाध्यक्ष एवं विपत व्यवस्थापन समितिका संयोजक रहेका शिवाकोटी राजधानीमा ब्यसाय सञ्चालन गर्दै आएका एक कुशल व्यवसायी समेत हुन् । यस अघि वन पैदाबार तथा ब्यापार संघका केन्द्रिय सदस्यको भुमिका समेत शिवाकोटीले निर्बाहा गरिसकेका छन् । उनि कांग्रेसको आशन्न अधिबेसनमा दोलखाको संगठन सुदृढिकरणका लागि भन्दै जिल्ला कार्यसमितिमा उम्मेद्धवार बन्ने तयारीमा समेत छन् । दोलखा कांग्रेसका जिल्ला नेताहरुले शिवाकोटीलाई विजय गराउन आबश्यक रहेको समेत बताउदै आएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

सरकारी अस्पतालमा महंगो शुल्क लिएको भन्दै नागरिक समाजको विरोध

shyam khatiwada

नेपाली कांग्रेस संगठन विभागको केन्द्रिय सदस्यमा दोलखाका नेता हरिबाबु अर्याल नियुक्त

shyam khatiwada

‘अजयबाबुले पर्दाफास गरेका दुई ठुला घटनाले नै देशमा कम्युनिष्ट पार्टीको पतन शुरु भयो’

sanjeet
Gaurishankar Post