Gaurishankar Post
ब्रेकिंग वाग्मती

कांग्रेस बागमती प्रदेश सभाको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले

मकवानपुर — नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।  नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।

बैठकमा दल नेता बहादुरसिंह लामाले उनलाई मनोनीत गरेको विषयमा जानकारी गराएको सांसद छिरिङदोर्जे लामाले जानकारी दिए । काफ्ले प्रदेशसभामा दोलखा १(१) बाट निर्वाचित सांसद हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । काफ्लेले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन ।

काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए । दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।

बैठकले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

शैलुङका जनप्रतिनिधिको ४० लाख पारिश्रमिक विपत तथा कोरोना कोषमा

shyam khatiwada

दोलखाली व्यबसायी कार्कीद्धारा भक्तपुरको ठिमीमा निर्माण सप्लायर्सको सुभारम्भ

shyam khatiwada

संस्कृतिविद् डा. जगमान गुरुङ नेपाल ऋषी उपाधिबाट सम्मानित

shyam khatiwada
Gaurishankar Post