Gaurishankar Post
नेपाल समाचार वाग्मती

शरणार्थी प्रकरणमा मुछिएकालाई कार्वाही हुने कुरा संकास्पद छ – बरिष्ठ उपाध्यक्ष मिश्र

दोलखा १२ जेठ,,

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरण बाह्रय दवावका कारण उजागर गरिएको बताउनु भएको छ । यो काण्ड हिउँको एउटा टुक्रामात्र भएको बताउनुहुने उपाध्यक्ष मिश्रले दलका नेताहरुको तदारुकताबाट यो काण्ड बाहिर आएको र काण्डमा संलग्नलाई कार्वाही हुनेकुरामा विश्वास गर्ने ठाँउ नभएको उल्लेख गर्नु भयो ।
दोलखाको शैलुङ– ७ चर्नावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनको लागि आयोजित महायज्ञमा सहभागि हुन दोलखा आउनु भएका उपाध्यक्ष मिश्रले शुक्रवार पत्रकारहरुसंग कुरागर्नुहुदै अरबौको क्यान्टोनमेन्ट घोटाला काण्डको फाईल नखुलेको अवस्थामा नक्कली भुटानी शरणार्थी काण्डको फाईल खुल्ने र संलग्नलाई कार्वाही हुनेकुरामा विश्वास गर्ने ठाँउ नरहेको बताउनु भयो ।
उहाँले मुलुकको स्वतन्त्रता, संरक्षण र विकासको लागि राजतन्त्रको विकल्प नभएको समेत बताउनु भएको छ । अहिले राजतन्त्रको मुद्दालाई धेरैले विश्वास गरेका छैनन् तर यो नेपालको लागि मात्र नभै भारत र चिनको लागि समेत आवश्यक छ – बरिष्ठ उपाध्यक्ष मिश्रले भन्नु भयो । दुई छिमेकी मुलुक भारत र चिनले नेपालको लागि विश्वासिलो राजनीतिक संस्था खोजिरहेको अवस्थामा त्यो राजसंस्थामात्र हुनसक्ने मिश्रको भनाई छ ।
विगतमा राजसंस्थाका केही कमिकम्जोरी रहेको उल्लेख गर्नुहुदै राप्रपाका बरिष्ठ उपाध्यक्ष मिश्रले त्यसलाई सच्चाएर पुर्नस्थापित गर्नुपर्ने र त्यो एक दिन अवश्य पुरा हुने विश्वास व्यक्त गर्नु भयो । मिश्रले गणतन्त्रको एजेण्डा कांग्रेस– एमालेको भन्दा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालकोमात्र भएको पनि बताउनु भयो ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोक अध्यक्षकप भलिबलको उपाधी कालिञ्चोक ‘ ए’ लाई

shyam khatiwada

कोरोना पोजेटिभ देखिएका दोलखाका एक वृद्धको काठमाडौंमा मृत्यु

shyam khatiwada

एमालेको १० औं महाधिबेशनका लागि दोलखाबाट सबै प्रतिनिधि सर्बसम्मत

shyam khatiwada
Gaurishankar Post