Gaurishankar Post
गण्डकी प्रदेश राजनीति

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा २९ जेठ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । 

पोखरेलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गर्दै आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका थिए । पोखरेलले दाबीसँगै आफूलाई समर्थन गरेका ३१ सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई प्रदेश प्रमुखकै सामुन्ने सनाखतसमेत गरेका थिए ।

तर, विश्वासको मत पाउन असफल मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रको सिको गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको आफूलाई समर्थन रहेको भन्दै दलको पत्रसहित पुनः आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न भन्दै उनले दाबी गरेका थिए । दुवैको दाबी नपुग्ने भन्दै केन्द्रको जस्तै गण्डकी प्रदेश सभा पनि प्रदेश प्रमुखले भंग गर्न सक्ने आशंकामा बहुमत सांसदहरूले प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिएका थिए । 

याे पढ्न छुटाउनु भयाे की ?

महाँलक्ष्मी नगरको उपप्रमुखमा कांग्रेस नेतृ खनियालाई अघि सार्ने कांग्रेसको तयारी

shyam khatiwada

फराकिलो अन्तरले चुनाव जितिने भन्दैं, भ्रमको पछि नलाग्न वडाअध्यक्ष उम्मेद्वार खुलालद्धारा मतदातालाई आग्रह

shyam khatiwada

पुर्वसञ्चारमन्त्रीको गाउँ सुरी पुगेर काफ्लेले सोधे मोवाइलमा डाटा चल्दैन त पार्वत दाई ?

shyam khatiwada
Gaurishankar Post