Gaurishankar Post
ब्रेकिंग

तरुण दल दोलखाको कार्यबाहक अध्यक्षमा तामाङ

दोलखा १५ चैत,,,
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल दोलखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी चित्र कुमार तामाङले पाएका छन् ।
मंगलबार तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले उपाध्यक्ष तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । अध्यक्ष शेर्पा यस अघि सम्पन्न कांग्रेसको १४ औं जिल्ला अधिबेशनबाट जिल्ला सचिब पदमा निर्वाचित भएपछि रिक्त रहेको अध्यक्ष पदमा तरुण दलका उपाध्यक्ष समेत रहेका चित्र कुमार तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् । दोलखाको गौरीशंकर गाउँपालिका स्थायी घर भई सदरमुकाम चरिकोटमा बस्दै आएका तामाङ लामो समयदेखी कांग्रेसको भातृसंगठन तरुणदलमा सकृय थिए । युवाहरुमाँझ निकै लोकप्रिय रहेका तामाङलाई मंगलबार दोलखा कांग्रेसका सभापति बर्मा लामाको उपस्थितीमा कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी हस्तान्तरण गर्दै सभापति लामाले युवा परिचालन र पाटी संगठनको विकास र विस्तारमा थप सकृय हुन कार्यबाहक अध्यक्ष तामाङलाई आग्रह समेत गरेका छन् । का.अध्यक्षको जिम्मेवारी पाएपछि तामाङले झनै सकृय ढंगले काम गर्न सबैको सहयोग र सद्धभावको अपेक्षा गरेको जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

रामचन्द्र पौडेलमाथी भएको दुव्र्यवहार बिरुद्ध दोलखामा कांग्रेसको आन्दोलन

shyam khatiwada

तरकारी र फलफूलबाट कोरोना सर्दैन

sanjeet

घरभाडा छुट दिएका मनकारी खुलालले दिए गृहगाउँको अस्पताललाई पिपिई

shyam khatiwada
Gaurishankar Post