दोलखा ३ भदौ,,
नेपाली कांग्रेसको मुख्य भातृ संगठन तरुण विभागको प्रदेश र केन्द्रीय समितमा दोलखाका ५ जना युवा नेताहरु मनोनित भएका छन् ।
तरुण विभागका संयोजक एवं पुबमन्त्री शंकर भण्डारीले दोलखाका ६ जना युवा नेताहरुलाई विभागको प्रदेश र आमन्त्रीत केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन् । विभागको आमन्त्रीत केन्द्रिय सदस्यमा राजन अधिकारी , प्रदेश सदस्यमा किरण घिसिङ , ओम तामाङ लामा , कमल अधिकारी, सुर्य अधिकारी र सुन्दर बस्नेत रहेका छन् । उनिहरु सबै नेपाली कांग्रेस दोलखाका सकृय युवा नेताहरु हुन् ।
उनिहरुलाई बिहिबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्बमन्त्री शंकर भण्डारीले एक समारोहका बिच तरुण विभागको विभिन्न जिम्मेवारी दिएको पत्र हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेस तरुण विभागका संयोजक समेत रहेका पुर्वमन्त्री भण्डारीले युवाहरुनै नेपाली कांग्रेस पाटीको मेरुदण्ड रहेको भन्दै उनीहरुलाइ जिम्मेवारी दिएको बताए ।