दोलखा १७ फागुन
जिल्लाको कालिञ्चोक गाउँपालिका १ स्थित दिपजंग साना किसान कृषि सहकारीको सञ्चालक समिति अध्यक्षमा कर्ण बहादुर थामी चयन भएका छन् ।
मंगलबार कालिञ्चोक १ को क्याङपोल स्थित दिब्यश्वरी आधारभुत विद्यालयमा सम्पन्न साधारणसभाबाट थामी सहित नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा पदम थामी , सचिब टेकेन्द्र श्रेष्ठ, सहसचिब नरेन थामी र कोषाध्यक्षमा सरुणी थामी सहित ११ सदस्सीय संचालक समिति चयन भएको हो । साधारण सभाको उद्घाटन जिल्ला समुन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले गरेका थिए । लामो समयदेखि सुसुप्त अवस्थामा रहेको दिपजंग सहकारीलाई व्यवस्थीत गरि कालिञ्चोकमा कार्यरत सामाजिक संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले समायोजन सहित आर्थिक सहयोग गरेसँगै सहकारीले गति लिएको छ । नामसालिङले साबिकका ९ वटा वडामा निर्माण गरेको महिला समुह र ति समुहलाई बिउ पुजीका रुपमा उपलब्ध गराएको रकम र उनिहरुले जम्मा गरेको बचत समेत सबै समुहलाई दिपजंमा समायोजन गरि बृहत ढंगले सहकारी अघि बढाउन लागिएको हो । नामसालिङका शुसासन संयोजक बिनोद निरौलाका अनुसार छरिएर रहेको पुँजीलाई एकिकृत गरि जनताको आर्थिक स्तर वृद्धि गर्न यो अभियान चलाइएको हो । उद्घाटन कार्यक्रममा जिसस प्रमुख डबल पाण्डे , कालिञ्चोक गाउँपालिका अध्यक्ष बिनकुमार थामी , विकास कोष नर्वेका नेपाल प्रतिनिधि योगी कायस्थ , नामसालिङका जिल्ला संयोजक राजन केसी , टुकिसंघका अध्यक्ष मकर पाख्रिन लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सहकारीको चालु पुजी लगभग ६५ लाख रहेको उपाध्यक्ष पदम थामीले जानकारी दिए । साधारण सभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।