Gaurishankar Post
समाचार

दोलखाको झ्याँकुमा बोलेरो जिप दुर्घटना, २ को मृत्यु ४ जना घाइते


श्याम खतिवडा,
दोलखा ३० भदौ

दोलखाको गौरीशंकर गाउँपालिका ३ झ्याकुमा बोलेरो दुर्घट्ना हुँदा गम्भिर घाईते भएका दुई महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका गौरीशंकर गाउँपालिका–३ झ्याकुकी ७५ वर्षीया काली शेर्पा र ५५ वर्षीया पसि शेर्पाको मृत्यु भएको हो । गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि सिंगटी अस्पतालमा ल्याईएकोमा आइतबार साँझ मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।
प्रहरीका अनुसार सिंगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्वरको बोलेरो आइतबार बेलुकी करिव ५ बजे वडा नम्वर ४ को वडा कार्यालय नजिकै दुर्घटना हुँदा ६ जना घाईते भएका थिए । त्यसमध्य गम्भीर अवस्थाका दुई जनाको मृत्यु भएको हो । अन्य चार जना घाईतेमध्य एक जनाको सिंगटी अस्पतालमा उपचार भईरहेको छ भने अरु घाईतेलाई पनि प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि सिंगटी ल्याइएको छ । दुर्घटनामा बोलेरो चालक निङ्मार शेर्पा , निङ्मा शेर्पा ,डिम्मा शेर्पा र अन्सु शेर्पा घाइते रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता सत्रुघन कुमार महतोले जानकारी दिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

शासक होइन जनताको सेबक भएर काम गर्छुृ – अर्जुन शिवाकोटी गठबन्धन उम्मेद्वार कालिञ्चोक

shyam khatiwada

दोलखामा स्थानीय तहको पहिलो सुरुवात ,समपुरक कोष बनाएर सडक कालोपत्रे

shyam khatiwada

मनकारी बिमल थापा जसले विपतको समयमा बाबरे स्वास्थ्य चौकीलाई गरे औषधी सहयोग

shyam khatiwada
Gaurishankar Post