Gaurishankar Post
समाचार

बालकपन दशै अनि म

कार्तिक ५, रमेश बस्नेत


दशै त उहि बेला राम्रो जति बेला बाले मलाई भोक न भोर्जन सोक न सुर्ता भन्ने गर्नु हुन्थ्यो।
अहिले जस्तो केइ थिएन तर सबै भन्दा ठुलो खुसि थियो। अहिलेको जस्तो बिदेश जाने लर्को थिएन। आफै र देश भित्र नै आत्मनिर्भर थिए टाढा को प्रदेश भनेको ईन्डिया सम्म हो हाम्रो बाजे ले काठमाडौ लाइ नेपाल भन्थे नेपाल बाट जानेको रर्को हुन्थ्यो र पो दशै आए जस्तो हुन्थ्यो। गाउँमा पधेरिको छनन आवजले पनि दशैको धुन बजाउथ्यो। र पो दशै आए झै लाग्थ्यो। चराचुरुङ्गी पनि दशै गित गाउँथे बिहानि पख खोलै खोला आउने सिरेटोले सरर दशै सन्देश धुन लिएर आउथ्यो र पो दशै जस्तो लाग्थ्यो ।
पर नुनथोला मा काइलि आमाले ढिकी कुट्दा समेत म जे सोच्थे तेइ गित सगै लय मिलाएर गाउथ्यो। कमेरो र रातोमातो लिन लामो लर्को लागेर बिहानै हिडिन्थ्यो र पो दशै आको जस्तो लाग्थ्यो कमेरो लगाउदै गरेका काइला बा ले माथि सिमको डिलमा रहेको घर टिलिक्क टल्काउदा आफु कमेरो को थुप्रो जस्तै भएर हामिलाइ भुत हु भनेर तर्साउने गर्थे र पो दशै झै लाग्थ्यो कमेरो माटो लगाएर रंगीचंगी घरहरु माथि चुचे ढुङ्गामा चडेर हेर्दा वाअहा मात्र भन्न मन लाग्थ्यो गाउ नै छुट्टै सुन्दर रंगिन बिहे मन्डल कि दुलहि जस्तै सिगारिएको देखिन्थ्यो र पो दशै आए जस्तो हुन्थ्यो यस्तो लाग्थ्यो हरेक घर गाउ नै मानिस भन्दा थेरै खुस छन् । गाउँ घर पधेरा गल्लि बाटो चौतरा सबै सुन्दर हुन्थे। कोदो बारि भित्र फक्रीदै गरेका सयपत्री हरु हावा का झोका सगै लरक-रलक बटारिदै गर्दा। पर तिरका गाउले दाजु हरु बाक्सा माथि टेप मा दशै तिहार भन्ने गित गुनुनु बजाउदै आउथे र पो दशै रौनक आउथ्यो।

दशै लाइ भनेर घासको चाङ ले भकारो भरिन्थ्यो र पो दशै झै लाग्थ्यो मनको बेचैनी खुसि आतुर चन्चल को कुनै सिमा हुन्थेन फुलपाति को दिन पुजिने बजु थानको मन्दिरमा सयौं मान्छेको भेला मा मिठा कुरा सुन्न र तास खेलेको हेरेर सिक्न पाइन्थ्यो र पो दशै आए झै लाग्थ्यो अस्टमिको दिन लाग्ने कालि मन्दिरमा लाग्ने मेलाको तयारि मा दिन भर जुट्दा लुकेर पन्नाको तास बनाएर जुट पत्ति खेलिन्थो त पो दशै आए झै लाग्थ्यो दशैको लागि हालिने नया कपडा स्कुल ड्रेस नै हुन्थ्यो। नवमिको दिन बिहान दर्जि काकाले टाक र आइरन नै नगरि लिएर घर मै आएर टाक लगाइ दिनु हुन्त्यो र पो दशै आए झै लाग्थ्यो । बाबाले पुछर दर्जि लाइ भन्दै चामल पुछर सहित मासु केइ पैसा दिएर दर्जि काका लाई बिदाइ गर्दा काकाले बाजा बजाउदै धधधध आवज सगै मन्मा काउकुलि लाग्थ्यो ।। तेइ स्कुल ड्रेस कपडा लगाउदा मगमग नया लुगा गनाउथ्यो। तेस्लाइ हामि दर्जि गनायो भन्थेउ।

अगिपछि 15 दिन महिनामा मासु पाक्ने चुलोको माथि सिङ्गो खसि हुदा मासु मा मन जान्न थियो साग भए भात खाउ झै लाग्थ्यो टिका दिन छोरा मान्छे लाई दक्षिणा होइन आशीर्वाद हो भनेर घर पटि कत्ति पैसो नमिल्दा मावलि जाने हतार र चटारो हुन्त्यो र पो दशै आए झै लाग्थ्यो मावलि गएर दुखले सय पचास कमाइ हुन्थ्यो सानोमा मावलि आशिर्वाद लिन होइन कमाउन जाने हो जस्तै लाग्थ्यो।। तेसैले त म भन्छु दशै गरिबको खुसि छु। छुटिएको परिवार को मिलन हो। मनमुटाव भएका दाजुभाइ को मुस्कान हो। साना साना केटाकेटी को सपना हो। सिङ्गो गाउको उज्यालो हो। बाबाको थकाइ मेट्ने चौतारी हो आमाको सन्तान भेट्ने आशा हो। पर्देसि लाइ घरको याद दिलाउने माध्यम हो।

तसर्थ कुनै जात धर्म सङ जोडेर बिरोध होइन यो नेपाल र नेपालिको सस्कृति र परम्परा हो जगेर्ना गरौं । अहिले को कोरोना लाइ मध्यनजर राख्दै दशै मनाउ हामि रहे दशै फेरि पनि आउछ बिमार ओसार पासार को माध्यम नबनौ।
बिजया दशमिको शुभकामना

याे पढ्न छुटाउनु भयाे की ?

मेलुङ गाउँपालिकाको करिडोर सडक , ७ किलोमिटर ट्रयाग खन्न १ करोड

shyam khatiwada

सिन्धुपाल्चोकमा बाढीले जम्बु बजार बगायो, १८ बेपत्ता, २ को मृत्यु

shyam khatiwada

नामसालिङ् द्धारा कालिञ्चोकका कृषकलाई खाद्य सुरक्षा र पशुपालनमा सहयोग

shyam khatiwada
Gaurishankar Post