दोलखा २० जेठ
दोलखाको कालिञ्चोक गाउँपालिका ४ गुमु निवासी समाजसेबी दिपक खुलालले हरेक वर्ष आफ्ना समाजसेवी अभियानहरु क्रमश अघि सार्दै आइरहेका छन् ।
२ वर्ष देखि महामारीको रुपमा फैलिदै गरेको कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष थुप्रै कामहरु गरेका खुलालले यो वर्ष भने आफ्नो गृह गाउँको स्वास्थ्य संस्थालाई अत्याबश्यक औषधी सहयोग गरेका छन् । खुलालले कालिञ्चोक गाउँपालिकाको स्वास्थ्य शाखा सँगको समन्वयमा अत्याबश्यक औषधीहरु खरिद गरि कालिञ्चोक गाउँपालिका ४ स्थित हिलेपानीमा रहेको स्वास्थ्य चौकीलाई पठाएका छन् । बुधबार खुलालले पठाएको औषधी उनकी धर्मपत्नी थिरकुमारी बुढाथोकी खुलालले एक समारोहका बिच स्वास्थ्य संस्थाका प्रमुखलाई हस्तान्तरण गरिएको छ । उनले पठाएको औषधीहरु कोरोना नियन्त्रण देखि गाउँघरमा नियमित आबश्यक पर्ने सम्मका रहेको खुलालल बताउछन् । उनका अनुसार सो औषधी खरिद गर्दा नगद १९ हजार खर्च भएको छ । लामिडाँडाको एउटा सामान्य परिवारमा जन्मिएका खुलाल रोजगारीको सिलसिलामा हाल राजधानी काठ्माण्डौमा बस्दै आएका छन् । उनि धन भएर भन्दा पनि मन भएकै कारण सामाजिक काममा निरन्तर लागि परिरहन्छन् ।
दिपक खुलालल पेसाले राष्ट्रसेवक हुन् , राजधानीस्थित सहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा कार्यरत उनले सामाजिक कामहरु थुप्रै गरेका छन् । खासगरी मुटु सँग सम्बन्धित समस्या लिएर अस्पताल पुग्ने जोकोहीलाई खुलालको सम्पर्कमा पुग्ने कोही नागरिक पनि खाली हात पर्किनुपरेको छैन । त्यो बाहेक पनि खुलालले दोलखाका दर्जनौं ठाउँहरुमा मुटुरोग शिबिर सञ्चालन गरि थुप्रै नागरिकको उपचारमा सघाएका छन् ।
गत वर्ष खुलालले काठमाडौं स्थित काँडाघारीमा रहेको घरमा भाडामा बस्ने सबैजानालाई घर भाडा छुट गरेका थिए । त्यस्तै खुलालले गत वर्ष कालिञ्चोक गाउँपालिकामा सञ्चालित एम्बुलेन्समा कार्यरत चालकहरुलाई पिपिइ लगाएतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका थिए । खुलालले रिटायर्ड लाइफमा पनि आफ्नो जन्म गाउँकै लागि सेवा गर्ने अभियान बनाएको बताएका छन् । उनले भने यहि माटोले मलाई यो अवस्थामा पुर्याएको हो त्यसैले यहि सेवा गर्ने रहर छ । खुलालले नागरिकले साथ दिए आफु गाउँको विकासका लागि नेतृत्व गर्नदेखि सबै कुरामा तयार रहेको संकेत गरेका छन् । खुलाल जस्ता पबित्र मन भएकाहरुले समाजको नेतृत्व गरिदिए साँच्चै समृद्ध समाजको परिकल्पना पुरा हुन्थ्यो ।