Gaurishankar Post
शिक्षा समाचार

मेलुङका पुर्व विद्यार्थीले सम्झिए आफ्ना गुरु


दोलखा ९ भदौ,,
जिल्लाको दक्षिणी गाउँ मेलुङका पुर्व विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई सम्झनास्वरुप सम्मान गरेका छन् ।
त्रीभुवन मावि मेलुङ्बाट २०६३ मा प्रवेशिका उत्तिर्ण गरेका विद्यार्थीहरुले आइतबार राजधानी काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी आफ्ना तत्कालीन गुरुहरुलाई सम्झिदै सम्मान गरेका हुन् । उनिहरुले काठ्माण्डौस्थित अनामनगरमा आइतबार गुरु अभिनन्दन तथा ब्याच भेटघाट समारोहको आयोजना गरि गुरुहरुलाई सम्मान गरेका थिए । पुर्व विद्यार्थी प्रकाश थापाको अध्यक्षतामा भएको उक्त समारोहमा २०६३ सम्म अध्यापन गराउने १३ जना गुरुहरुलाई सम्मान सहितको अभिनन्दन गरिएको थियो ।
पुर्व विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको तत्कालिन विद्यार्थी एवं सामाजिक अगुवा मोहन विक्रम कार्कीले जानकारी दिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथीको भुमिकामा थिए राम बहादुर खड्का । कार्यक्रममा तत्कालिन विद्यार्थी र शिक्षकहरुबिच वृहत अन्तरक्रिया समेत भएको थियो ।
आफ्ना विद्यार्थीहरुले झण्डै १८ वर्षपछि सम्झिएकोमा तत्कालिन शिक्षकहरुले खुसी व्यक्त गरेका छन् । उनिहरुले त्यसबेलासम्म शिक्षक र विद्यार्थीहरुबिचको सामिप्यता आजको समाजमा नभेटिने बताएका थिए । उनिहरुले पाठ्यक्रमबाट नैतिक शिक्षालाई हटाउनु नै दुखद भएको र जसका कारण आजको समाज शभ्य हुन नसकेको निष्कर्श निकालेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

महाँलक्ष्मी नगरको उपप्रमुखमा कांग्रेस नेतृ खनियालाई अघि सार्ने कांग्रेसको तयारी

shyam khatiwada

दोलखाको लामिडाँडामा एमालेका कार्यकर्ताद्धारा गठबन्धनका वडासदस्यमाथी खुकुरी प्रहार

shyam khatiwada

अमेरिकाको न्युयोर्क सहरका मेयर र भीमेश्वर सहित नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’ अन्तरक्रिया

shyam khatiwada
Gaurishankar Post