दोलखा २५ जेठ,,
कोरोना महामारीको दोस्र्रो लहर्डका कारण अत्यन्त प्रभावित भएको पुर्बी पहाडी जिल्ला दोलखाका विभिन्न स्वास्थ्य संस्थाहरुमा योगदान राष्ट्रका लागि र बोधिसत्व विहारले ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
योगदान राष्ट्रका लागि भन्ने संस्थाको विशेष पहलमा बोधिसत्व विहारले दोलखाका मुख्य मुख्य अस्पताल सहित केही स्वास्थ्य चौकी र अन्य सामाजिक संस्थाहलाई अत्याबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सहयोगी संस्थाले जिल्लाका मुख्य अस्पतालहरु चरिकोट अस्पताल , जिल्ला अस्पताल जिरी , सिंगटी प्राथमिक स्वास्थ्य केन्द्र , वैतेश्वर अस्पताल , लापिलाङ स्वास्थ्य चौकी क्षेत्रपा स्वास्थ्य चौकी लगाएतका स्वास्थ्य संस्थामा अत्याबश्यक सामाग्री सहित केही औषधी समेत वितरण गरेको संस्थाका बरिष्ठ सल्लाहाकार तक्त जिरेलले जानकारी दिए । उनका अनुसार उल्लेखित स्वास्थ्य संस्थाहरुमा पिपिई सेट , एन नाइन्टी फाइब मास्क, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, टब ग्लोब्स, अक्सिजन कन्सन्टेटर, पल्स अक्सिमिटर, थर्मल गन, फेस सिल्ड, सेजिटाइजर , फिनेल , हर्पिक लगाएत स्वास्थ्य सामाग्री तथा केही औषधी समेत रहेको छ । सल्लाहाकार जिरेलका अनुसार सबै सामाग्रीहरु खरिद गर्दा झण्डै पैंसठ्ठी लाख बजेट खर्च भएको छ ।
