Gaurishankar Post
ब्रेकिंग राजनीति स्थानीय समाचार

रामचन्द्र पौडेलमाथी भएको दुव्र्यवहार बिरुद्ध दोलखामा कांग्रेसको आन्दोलन

दोलखा १८ मंसिर
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथी बिहिबार तनहुमा सरकारी पक्षले दुव्र्यवहार गरेको भन्दै दोलखामा कांग्रेसले आन्दोलन सुरु गरेको छ ।
सरकारले अधिनायकबादी शैलीमा आफ्नो पाटीका बरिष्ठ नेतालाइ धरपक्कड सहित अभद्र व्यवहार गरेको भन्दै दोलखा कांग्रेसले नाराजुलुस सहित आन्दोलन सुरु गरेको हो । बिहिबार मध्यान्ह ११ बजे चरिकोटस्थित कांग्रेस कार्यालयबाट निस्केको संख जुलुस पशुपति मन्दिर हुदै सातदोबाटो चोकमा पुगेर कोड सभामा परिणत भएको थियो । जुलुसमा कांग्रेस कार्यकर्ताहरुले सरकारको चौतर्फी बिरोध गर्दै नारा लगाएका थिए । सातदोबाटोमा आयोजित कोडसभामा दोलखा कांग्रेसका सभापति रुद्र बहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकबादी कदम सुरु गरेको आरोप लगाए ।

सभापति खड्काले कांग्रेसका बरिष्ठ नेता जस्तो जिम्मेवार व्यक्तिमाथी भएको दमन र धरपक्कड इतिहाँसमै नेपाली जनताको लागि कालो दिन भएको बताएका छन् । कार्यक्रममा कांग्रेसका जिल्ला नेता एवं महासमिति सदस्य बर्मा लामा , अर्का नेता महेश्वर काफ्ले लगाएतले सम्बोधन गरेका थिए भने अन्य दर्जनौं नेताहरु आन्दोलनमा सहभागी थिए ।
कांग्रेस नेताहरुको अनुसार यो आन्दोलन पाटीको केन्द्रिय समितिको निर्देशनका आधारमा गरिएको बताउदै सरकारले माफी नमाग्नुजेल निरन्तर अघि बढाउने जनाएका छन् ।
फोटो
संख र सिठ्ठी जलुस गर्दै दोलखा कांग्रेसका कार्यकर्ताहरु ।।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसीको हकप्रद दोलखालीलाई डिम्याटको दायरा बढाउदै बिना झन्जट लगानी गराइने

shyam khatiwada

दोलखा कांग्रेसले पायो पुर्णता,कोषाध्यक्षमा श्रेष्ठ सहित १२ जना जिल्ला सदस्य मनोनित

shyam khatiwada

झन्डै ५ बर्ष कर्येकाल मा न्याय हेल्थ नेपाल दोलखा को सफलता

sanjeet
Gaurishankar Post