Gaurishankar Post
देश ब्रेकिंग

विकट गाउँ कालिञ्चोकको छिपुङमा पहिलोपटक पुग्यो यात्रुबाहक बस


दोलखा १ चैत,
दोलखाको विकट गाउँ कालिञ्चोक गाउँपालिका १ छिपुङमा पहिलो पटक यात्रुबाहक बस पुगेको छ ।
आइतबार एक समारोहका बिच पहिलो पटक छिपुङ पुगेको रोलवालिङ यातायातको बसलाई स्थानीयले भब्य स्वागत गरेका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बाबुलाल थामी र चरिकोटस्थित रोलवालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्य लगाएतका पदाधिकारीहरुको संयुक्त प्रयासमा पहिलोपटक दैनिक बस सेवा सुरु गर्न लागिएको हो । आइतबार पहिलोपटक छिपुङ पुगेको रोलवालिङ यातायातको ७९२५ नम्बरको बसलाई स्थानीयले भब्य रुपमा फुलमाला गरेर स्वागत गरेका थिए ।

भोलीदेखि राजधानी काठमांडौबाट कालिञ्चोकको छिपुङका लागि विहान ६ बजे निरन्तर बस सेवा सञ्चालन हुने रोलवालिङ यातायातले जनाएको छ । बस निरन्तर सञ्चालन गर्न सडकको अवस्थामा सुधार गर्दै लगिने कालिञ्चोक १ का वडा अध्यक्ष बाबुलाल थामीले बताएका छन् । छिपुङ सम्म दैनिक बस सेवा सञ्चालन हुँदा कालिञ्चोकको क्याङ्पोल, बेगुम्पा , तारेभिर , डुसीखर्क लगाएतका स्थानीयहरुलाई यात्रामा सहज हुने स्थानीय बसन्त थामीले जानकारी दिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दिपजंग सहकारीको साधारण सभा, अध्यक्षमा कर्ण थामी चयन

shyam khatiwada

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ उपाध्यक्ष मानन्धर र सचिबमा थोकर विजयी

shyam khatiwada

दोलखामा फिल्म सिटी निजी सार्वजनिक साझेदारी मोडेलमा निर्माण हुने

shyam khatiwada
Gaurishankar Post