Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

२८ वर्षपछि दोलखामा विजयको झण्डा फहराउने अभियानमा कांग्रेस, कसिलो बन्दै गठबन्धन

दोलखा । २८ वर्ष पछि नेपाली कांग्रेसले पहिलो पटक दोलखामा झण्डा गाड्ने भएको छ । २०४८ साल यता नेपाली कांग्रेसले एक पटक मात्र दोलखामा चुनाव जितेको छ ।
२०५१ को मध्यावधिमा भिमबहादुर तामाङले दोलखाबाट चुनाव जिते । त्यसपछि नेपाली कांग्रेसले दोलखामा कहिल्यै चुनाव जितेन । यसको परिणाम दोलखामा विकास र पर्यटनको प्रशस्त्र सम्भावना हुँदा हुँदै पनि यो जिल्ला सधै पछि परेको छ । दोलखाको एउटा सडक बाहेक सबै सडकको अवस्था निकै दुरावस्था छ ।

दोलखामा चरिकोटदेखि जिरीसम्मको ५५ किमी सडक मात्र राम्रो छ । त्यो बाहकका सबै सडक निकै जीर्ण र भत्किएका छन् । काठमाडांैबाट चरीकोट जोड्ने सडकमा पनि ठाउँ ठाउँ खाल्डाखुल्डी पर्न थालेका छन् ।

सदरमुकाममै खानेपानी र ढलको समस्या छ । यी समस्याहरुलाई चिर्दै यो पटक प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका नेपाली कांग्रेस र माओवादीका उम्मेदवारहरुले दोलखामा परिवर्तन ल्याउने प्रतिबद्धता गरेका छन् ।

यही मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की र प्रदेश सभाका दुई वटै क्षेत्रमा नेपाली कांग्रेसका बर्मा लामा र कुन्दनराज काफ्लले उम्मेदवारी दिएका छन् । यो पटक दोलखामा गठबन्धनका उम्मेदवार विजय हुने करिब करिब निश्चित झैं छ ।

त्यसैले यसपटक पटक प्रदेश सभाका दुवै क्षेत्रमा नेपाली कांग्रेसले झण्डा गाड्ने भन्दै दोलखा कांग्रेस उत्साही छ । गत स्थानीय तहमा वडाध्यक्षमा पार्टीहरुले ल्याएको मत हेर्ने हो भने एमाले भन्दा गठबन्धन नै अगाडि छ ।

गत स्थानीय तहमा एमालेको भोट ३९ हजार ५० थियो । यसैगरी नेपाली कांग्रेसले ३३ हजार ४ सय ३९, माओवादीले १७ हजार ३ सय ७५, नेकपा एसले ३ हजार १सय ५१ भोट ल्याएको थियो । राप्रपाले १ हजार ५ सय ११ तथा जसपाले २ सय ९ भोट ल्याएको थियो ।

यसपटक संयोग पनि परेको छ । यसपटक दोलखामा प्रतिनिधि सभामा उम्मेदवारी दिएका सबै उम्मेदवार नयाँ छन् र प्रदेश सभामा पनि अधिकांश नयाँ छन् । त्यसैले यो पटक दोलखामा नयाँ–नयाँ अनुहार र युवा–युवाबीचमै प्रतिष्पर्धा हुने भएको छ ।

प्रतिनिधि सभाका २१ उम्मेदवारमध्ये २ जना बाहेक बाँकी सबै ५०–५२ वर्षका मात्रै छन् । प्रतिनिधि सभामा दोलखामा मुख्य प्रतिष्पर्धा नेकपा माओवादीका कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकोटीबीच हुने भएको छ । कार्कीको उमेर ५७ र शिवाकोटीको ५३ छ ।

प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा गठबन्धनतर्फ माओवादीका नेता कार्कीले उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सहायक महामन्त्री विजय खड्का, हाम्रो नेपाल पार्टीबाट विश्वनीति प्रकाशमान सिंह प्राखिन, नागरिक उन्मुक्ति पार्टीबाट शुक्र तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट गोपाल नेपाली, नेपाल मजदुर किसान पार्टीबाट गोपाल शिवाकोटी, जनमत समाजवादी पार्टीबाट दावा शेर्पा, नेकपा मालेबाट खिमबहादुर शिवाकोटी लगायतकाले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस दोलखाका सभापति तथा प्रदेश सभातर्फ दोलखा ९ख० मा उम्मेदवारी दिएका बर्मा लामाले दोलखामा प्रदेश सभाका दुवै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुने ठोकुवा गरे ।

‘यसपटक गठबन्धनको पक्षमा जनताको आकर्षण बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा हामीले जित्छौ’ उनले भने । लामाले २०७४ मा पनि प्रदेश सभामा उम्मेदवारी दिएका थिए । यो पटक भने उनी एमालेका उम्मेदवारभन्दा अगाडि छन् ।

२०७४ मा प्रदेश सभामा लामाले दोलखा ९क० बाट उम्मेदवारी दिएका थिए । त्यतिबेला माओवादी केन्द्रका विशाल खड्का विजयी भए । २०७४ मा प्रदेश सभातर्फ दोलखा ९क० मा माओवादीका उम्मेदवार विशाल खड्का तथा दोलखा ९ख० मा एमालेका उम्मेदवार पशुपति चौलागाई विजय भएका थिए ।

त्यतिबेला नेपाली कांग्रेसबाट दोलखा ९क० मा बर्मा लामा र ९ख० मा केशवराज चौलागाइले उम्मेदवारी दिएका थिए ।

यो पटक प्रदेश सभातर्फ दोलखा ९ख० मा कांग्रेसबाट उम्मेदवार दिएका काफ्लेले दोलखामा नेपाली कांग्रेसले युवालाई प्राथिमकिता दिएको बताए ।

दोलखाको सम्बृद्धि र विकासको लागि प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन विजय हुने उनको भनाइ छ । ‘अब हामीले दोलखाको विकास र सम्बृद्धि गर्छौ’ उनले भने ।

प्रदेश सभातर्फ ९क० मा एमालेबाट नरबहादुर श्रेष्ठ, नेकाबाट काफ्ले, राप्रपाबाट रामबहादुर तामाङ, जसपाबाट मानबहादर सुनुवार तथा दोलखा ९ख० मा एमालेबाट भरतबहादुर केसी, नेपाली कांग्रेसबाट लामा, राप्रपाबाट राजन शिवाकोटी, जसपाबाट विछीकुमारी धामीले उम्मेदवारी दिएका छन् ।

२०७४ को निर्वाचनमा प्रतिनिधि सभामा एमालेका पार्वत गुरुङ विजयी भएका थिए । त्यो बेला नेपाली कांग्रेसबाट रुद्रबहादुर खड्काले उम्मेदवारी दिएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ उपाध्यक्ष मानन्धर र सचिबमा थोकर विजयी

shyam khatiwada

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

shyam khatiwada

बिआरआई सहयोगका लागि भर्चुअल अन्तरक्रिया

shyam khatiwada
Gaurishankar Post