Gaurishankar Post
नेपाल समाचार राजनीति

खतिवडा नेपाली कांग्रेस तरुण विभागको केन्द्रिय सदस्यमा नियुक्त

दोलखा ४ साउन
नेपाली कांग्रेस दोलखाका युवा नेता एवं सामाजिक अगुवा हरि खतिवडा नेपाली कांग्रेस केन्द्रिय समिति अन्तर्गतको तरुण विभागको केन्द्रिय सदस्यमा नियुक्त भएका छन् ।
दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरे स्थायी ठेगाना भई हाल राजधानी बस्दै आएका खतिवडा सोमबार तरुण विभागको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । सोमबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले खतिवडालाई नेपाली कांग्रेसको बिधान २०१७ संसोधन सहितको धारा ३७ को दफा १ (छ) बमोजिम तरुण विभागको केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् । पुर्व बनमन्त्री समेत रहेका भण्डारी हाल कांग्रेस केन्द्रिय समिति अन्तर्गतको तरुण विभागको संयोजक छन् । संगठन सुदृढिकरणका लागि संयोजक भण्डारीले ७७ वटै जिल्लाका सकृय तरुण नेताहरुलाई जिम्मेवारी हस्तान्तरण गरिरहेको उनी निकट स्रोतले जनाएको छ ।
खतिवडाले यसअघि नेपाली कांग्रेसको तल्लो तहका थुप्रै भुमिकाहरु निर्बाहा गरिसकेका छन् । विद्यार्थी कालमा नेबि संघ कोटेश्वर बहुमुखी क्याम्पसको इकाइ समितिमा रहेर उनले विद्यार्थी हकहितका लागि काम गरिसकेका छन् । उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सकृय छन् । खतिवडा संघियता पछि गठन भई अहिले सकृयरुपमा सामाजिक कामहरु गर्दै आएको कालिञ्चोक सरोकार समाजको सचिबको भुमिकामा समेत छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा समाजबादी दोलखाको अध्यक्षमा दहाल, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा

shyam khatiwada

जिपी कोईराला फाउन्डेसन अमेरीकाका अध्यक्ष घिमीरे न्युयोर्कमा सम्मानित

shyam khatiwada

प्राविधिक निरिक्षण गर्न माथिल्लो तामाकोसीको विद्युत एक साता बन्द हुने

shyam khatiwada
Gaurishankar Post