Gaurishankar Post
समाचार स्वास्थ्य

चरिकोटमा सुरु भयो निशुल्क थर्मल थेरापी सेवा , नगर प्रमुख मानन्धरद्धारा उद्घाटन


दोलखा १० बैशाख
,,
दोलखा सदरमुकाम चरिकोटमा ह्याप्पी मेडि किअर सेन्टरले निशुल्क थर्मल थेरापी सेवाको सुरुवात गरेको छ ।
डेढ महिना देखि अनौपचारिक तरिकाले सेवा प्रवाहा गर्दै आएको ह्याप्पी मेडिकिअरले आइतबारबाट सेवाको औपचारिक उद्घाटन गरी निशुल्क सेवा दिने गरी थेरापी सेवा सञ्चालनमा ल्याएको हो । मानव जिवनमा लाग्ने सबै किसिमका रोगहरुको थेरापी विधिबाट उपचार गराउने अभियान अन्तर्गत थर्मल थेरापी सेवा सुरु गरिएको ह्याप्पी मेडि किअर हेल्थ एण्ड व्युटी एक्सपट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रबेश शर्माले जानकारी दिए । उनका अनुसार उक्त कम्पनीले काठमांडौ सहित देशभरका ४० वटा जिल्लामा आफ्नो शाखा बिस्तार गरी निशुल्क सेवा प्रवाहा गरिरहेको छ । सेण्टरको दोलखा शाखा कार्यालयको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर मानन्धरले थर्मल थेरापी विधिबाट निशुल्क सेवा लिन पाउनु दोलखा जिल्लाबासीका लागि गौरबको विषय भएको बताए । मानन्धरले नगरपालिकाले पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कामहरु गर्दै आएको जनाएका छन् । चरिकोटमा विगत डेढ महिनादेखि २ सय ३० जना स्थानीयहरुले दैनिक रुपमा निशुल्क थेरापी सेवा लिइरहेको कम्पनीका दोलखा प्रतिनिधि बासु पौडेलले जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

कोरोना पोजेटिभ देखिएका दोलखाका एक वृद्धको काठमाडौंमा मृत्यु

shyam khatiwada

कोभिड संक्रमणबारे सचेतना फैलाउन माक्स वितरण गर्दै दोलखाका प्रजिअ शर्मा

shyam khatiwada

आयुर्वेद चिकित्सालय दोलखामा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बजेट अनियमितता

shyam khatiwada
Gaurishankar Post