Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा चाइनीज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी

  • लक लगाएर नेपाली कामदार मार्न खोजेको आरोप
  • श्रम ऐनको बेवास्ता गर्दै मजदुरको श्रम शोषण
    श्याम खतिवडा
    दोलखा १६ कात्र्तिक

    दोलखाको विगु गाउँपालिका ४ सुरीटारमा भर्खरै निर्माण सुरु भएको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा निर्माण कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी चुलिएको छ ।
    कामको विषयलाई लिएर नेपाली कामदारमाथी पटक पटक लक लगाउने र कुटपिट गर्ने जस्ता गतिविधि बढेपछि उक्त आयोजनामा ठेकेदार कम्पनीको गुण्डागर्दी शैली चुलिएको हो । काम गर्दागर्दै अकस्मात भएको दुर्घटनामा पिडितलाई सघाउनुका सट्टा उल्टै पिडितको हात फर्काइदिने , सामान्य विवादका विषयमा पनि सिधै लक लगाएर मार्न खोजेको जस्ता आरोप नेपाली कामदारले लगाएका छन् । कम्पनीले उल्टै नेपाली कामदारलाई जरिवाना लगाउने केहीलाई कामबाटै हटाउने जस्ता अपराधिक काम गरेको भन्दै ७ दिनदेखि नेपाली कामदार काम छोडेर अनसन बसिरहेका छन् ।
    २४ तारिख अर्थात कात्र्तिक ८ गते २५ जना मिस्त्रीलाई मसला बनाएर ठेलामार्फत पर्खाल लगाउने ठाउँमा पु¥याउने जिम्मा २ जना नेपाली कामदारले पाएका थिए । यसैपनि २५ जना मिस्त्रीलाई २ जनाले सिमेन्ट गिटी , बालुवा मिक्स गरी ढुवानी गर्ने निकै कठिन काम हो । ढिलो काम गरेको भन्दै सिनो हाइड्रो कम्पनीका फोरमेनहरुले बिहानदेखि नै गाली गलौज गरेको कामदार बताउछन् । नेपाली कामदारहरु कुमार श्रेष्ठ र ज्ञान बहादुर तामाङ मसला बनाउने काममा खटिरहेका थिए सोही समयमा कम्पनीका फोरमेनहरु माइल र लिफानले बेस्सरी गालीगलौज गर्दै हातपात गरेको प्रत्यक्षदर्शी समेत रहेका अर्का कामदार पुस्कर तामाङ सुनाउछन् । मसला ढिला बनाएको बाहानामा चाइनीजले अभद्र व्यवहार गरेपछि नेपाली कामदार र चिनिया फोरमेनबिच हात हालाहाल भएको थियो । नेपाली कामदारका अनुसार सामान्य झगडालाई लिएर चाइनिजले ज्ञानबहादुरलाई लक लगाएर मार्न खोजेको आरोप लगाएका छन् । घटनास्थलका प्रत्यक्षदर्शीहरुका अनुसार लिफानले ज्ञानबहादुरलाई लक लगाएको र माइलले कुटपिट गरेका थिए । एक जनाले लक लगाएको र अर्कोले मरणाशन्न हुनेगरी निर्घात कुटपिट गरेपछि नेपाली कामदारहरुले झगडा छुट्याएको र चाइनिजहरुलाई समेत हातपात गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ । झण्डै २ महिना अघि पनि एक नेपाली कामदार दोर्जे तामाङको गाडीको ढालामा परि दुर्घटना हुँदा कम्पनी अर्का एक फोरमेनले उल्टै लक लगाएजसरी मार्न खोजेको आरोप नेपाली कामदारहरुले लगाएका छन् । दोर्जे अहिले पनि उपचारमा छन् उनको दाहिने हातको अम्ला गुमेको छ भने अन्य थुप्रै स्वास्थ्य समस्या रहेको कामदारहरुले बताएका छन् । अन्य समयमा पनि चाइनीजहरुले नेपाली कामदारलाई दुव्र्यवहार गर्ने गालीगलौज गर्ने जस्ता गतिविधि गरेको गुनासो नेपाली कामदारहरुको गुनासो छ ।
    पिडित कामदारलाइनै उल्टै कामबाट बर्खास्त
    सिनो हाइड्रोका कर्मचारीहरुलेनै कुटपिट गरी घाइते बनाएका कामदारलाई कम्पनीले उल्टै कामबाट बर्खास्त गरेको छ । सिनो हाइड्रो केएस एन एस जेभीले आयोजनामा झैझगडा गरेको भन्दै नेपाली कामदारहरु ज्ञानबहादुर तामाङ, कुमार श्रेष्ठ र पुस्कर तामाङलाई बर्खास्त गरेको पत्र प्रहरीलाई जानकारी गराएको छ । त्यस्तै नेपाली कामदारहरु सञ्जय ठकुरी र श्यामकुमार ठकुरीलाई माशिक ५ हजार जरिवाना र चेतावनी सुचिमा राखेर कारबाही गरिएको कम्पनीको पत्रमा उल्लेख छ । उता कम्पनीका फोरमेनहरुलाई भने सामान्य आर्थिक जरिवाना बाहेक अरु कुनै कारबाही नगरेको नेपाली कामदारहरुले गुनासो गरेका छन् । कामदारमाथी कुटपिट गर्ने र उल्टै कामबाट बर्खास्त गरेको भन्दै ८ दिनदेखि झण्डै २ सय भन्दा धेरै नेपाली कामदार काम छोडेर आन्दोलन गरिरहेका छन् । उनिहरुले चिनिया कम्पनी तथा कामदारहरुको गुण्डागर्दी शैली अन्त्य हुनुपर्ने, कामबाट निकालिएका मजदुरहरुको पुनर्वहाली हुनुपर्ने , श्रम ऐनको बर्खिलाप हुने गरी कम्पनीले असमान ज्याला दिइ श्रम शोषण गरेकाले तत्काल ऐनले तोके अनुसार समान ज्याला दिनुपर्ने जस्ता माग राखेर आन्दोलन गरिरहेका छन् । उनिहरुले आफुहरुको ज्याला कटाएर सिंगटीका ५ जना भन्दा धेरै युवाहरुलाई कम्पनीले आफुहरुलाई दबाउन दादा भत्ता समेत दिएको आरोप लगाएका छन् । आन्दोलनमा प्रहरीले समेत कम्पनीसँग मिलेर आफुहरुलाई असहयोग गरेको गुनासो कामदारहरुले गरेका छन् । उनिहरुले प्रहरीले उल्टै थर्काउने, धरपक्कड गर्न खोज्ने शान्तिपुर्ण आन्दोलनमा बाक्लो संख्यामा प्रहरी परिचालन गरी नेपाली कामदारकै हुर्मत लिने गतिविधि गरेको गुनासो गरेका छन् । इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी प्रमुख इन्सपेक्टर महेन्द्र दर्नालले कामदारहरुले लगाएको आरोप सत्य नभएको बताए । उनले प्रहरीको काम सुरक्षासँगमात्रै जोडिएकाले सुरक्षाको प्रत्याभुतीगराउने काममा मात्रै प्रहरीले काम गरेको जनाएका छन् ।
    उर्जा मन्त्रालय र प्राधिकरणको ध्यानाकर्शण होस – शिवाकोटी
    नेपाली कामदारको आन्दोलनमा ऐकेवद्धता जनाउन आयोजनास्थल विगु गाउँपालिका ४ सुरीटार पुगेका कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले ठेकेदार कम्पनीले नेपाली कामदारमाथी गरेको अमानविय व्यवहारप्रति घोर भत्सना गर्दै उक्त कम्पनीलाई तत्काल कारबाही गर्नुपर्ने जनाएका छन् । उनले तिहार लगत्तै उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको नेतृत्वसँग बसेर तत्काल नेपाली कामदारहरुको समस्या समाधान गर्न र नेपालको कानुन र नियम लाई समेत नमान्ने सिनो हाइड्रोलाई कारबाही गर्नुपर्ने बताए । शिवाकोटीले आयोजनामा कामदार कुट्न दादा भत्ता दिएर गुण्डाहरु पालेको भन्ने विषयमा प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् । आयोजनास्थल पुगेका इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक महेन्द्र दर्नाललाई समेत इंगित गर्दै तत्काल छानविन गर्न माग गरेका छन् । उनले आयोजना कार्यालयले पनि तत्काल समाधानको उपाय खोज्नुपर्ने जनाएका छन् ।
    स्थानीय तहसँग पनि छैन समन्वय
    आयोजना निर्माणस्थल विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले पनि सिनो हाइड्रोले प्रचलित नियम कानुन समेत नमान्ने गरेको गुनासो गरेका छन् । उनले स्थानीय तहसँग आबश्यक समन्वय पनि नगर्ने निति नियमको बर्खीलाप गर्ने र आफैंले समन्वय गराउन खोज्दा पनि अराजक प्रतिक्रिया दिने गरेको बताएका छन् । उनले दुवै पक्षलाइ राखेर सहमति गराउन खोज्दा पनि सहमति हुन नसकेको जानकारी दिए । अध्यक्ष ओलीले स्थानीय तहको नियमविपरित मध्यबर्षातको समयमा आफुखुसी नदीमा मेसीन प्रयोग गरेर गीटी बालुवा झीक्ने जस्ता अबैध कामहरु कम्पनीले गरिरहेको बताए । अध्यक्ष ओलीले कामदारहरुको ज्याला समेत श्रम ऐन अनुसार नपाएको गुनासो आफ्नो कार्यालयमा आउने गरेकोले सो सम्बन्धमा मातहतको निकायको ध्यानाकर्शण समेत गराएका छन् । उनले विकास आयोजनामा विदेशी कम्पनीको गुण्डागर्दी शैली मान्य नहुने बताउदै प्रशासनिक निकायको भुमिकाप्रति संका गर्नुपर्ने स्थिती सृजना भएको जनाएका छन् ।
    सिनो हाइड्रोले साउनमा जबरजस्ती नदिमा मेसीन प्रयोग गरी अबैधरुपमा निर्माण सामाग्री उत्खनन गरेको अभियोगमा जिल्ला समन्वय समिति दोलखाले उपकरणहरु नियन्त्रणमा लिई कारबाही गरेको थियो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले नियम बिपरित वर्षातको समयमा नदि उत्खनन गरेको पाइएकाले उक्त कम्पनीलाई २ लाख ९० हजार जरिवाना लिइएको जानकारी दिए ।
    कामदारको माग पुरा गर्न सकिदैन – सिनो हाइड्रो
    तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको चिनिया कम्पनी सिनो हाइड्रो केएस एनएस जेभिका आयोजना प्रमुख चेन जेङ्वी ले कम्पनीमा अराजकता बढेकोले उनिहरुलाई कारबाही गरिएको बताए । उनले कम्पनीका कर्मचारी राज शाहामार्फत कम्पनी गरेको निर्णयबाट पछि नहट्ने बताए । उनले आफुहरुले नेपाली कामदारलाई अवसर दिएको संकेत गर्दै अनाबश्यक माग पुरा गर्न नसकिने जनाए । अन्य विषयमा जिज्ञासा राख्दा प्रतिकृया दिन चाहेनन् ।
    दुवै पक्षलाई राखेर सहमतिको प्रयत्न गर्छौ ः आयोजना प्रमुख भण्डारी
    तामाकोसी पाँचौ जलविद्युत आयोजनाका आयोजना प्रमुख विनोद भण्डारीले कामदार र ठेकेदार कम्पनीसँग बसेर सहमति गर्ने पक्षमा आयोजना रहेको बताए । उनले तिहारको समय भएकाले अहिले उपयुक्त समय भएन तिहार लगत्तै समाधानका लागि आबश्यक छलफल गर्छौं । भण्डारीले भने अन्य थुप्रै मागहरु नेपाली कामदारले राखेको छन तिनका विषयमा पनि दुबै पक्ष राखेर छलफल गरी निष्कर्श निकाल्ने तयारीमा आयोजना कार्यालय छ । ७ दिन देखि आयोजनाको काम ठप्प हुँदा निकै क्षती भएको बताउदै आयोजना प्रमुख भण्डारीले अहिलेको समस्या समाधानका लागि सबै पक्षले पहलकदमी गर्न समेत आग्रह गरेका छन् ।
    फोटो
    तामाकोसी पाँचौ जलविद्युत आयोजनाको विद्युतगृह निर्माण हुने क्षेत्र विगु गाउँपालिका ४ सुरीटार दोलखा । तस्बिर – gaurishankarpost ।

याे पढ्न छुटाउनु भयाे की ?

पहिरो प्रभावित क्षेत्र झमार्सी पुगे मन्त्री काफ्ले ,अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न निर्देशन

shyam khatiwada

मलेसियामा कार्यरत नेपालीहरुबाट मृगौला पडितलाई सहयोग

shyam khatiwada

जेष्ठ नागरिकको भत्ता बोकेर घर घर पुगे गौरीशंकर ९ का अध्यक्ष शेर्पा

shyam khatiwada
Gaurishankar Post