Gaurishankar Post
नेपाल समाचार समाचार

पवटिका समाजसेवी रामहरि , जसले गरे १ सय १० परिवारलाई राहत वितरण

दोलखा २६ बैशाख

भगवान जप्ने हजारौ ओठभन्दा सेवा गर्ने एउटा हातनै पबित्र हुन्छ भने झै अयचयलब खष्चगक अर्थात कोभिड १९ को कहरबाट ग्रसित बिश्वमा रहेका सम्पुर्ण जनताहरु हात मुख जोर्ने समस्याबाट ग्रसित रहेको अवास्थामा मेलुङ(१ पवटि निवासी समाजसेवि गंगा बहादुर बस्नेत (रामहरि बस्नेत) ले मेलुङ(१ का दलित, जनजाती, अपाङ्ग, एकल महिला तथा दैनिक ज्यालादारी गरेर खाने ब्यक्तिहरुलाइ आफुले मजदुरी गरेर कमाएको रकमबाट प्रत्येक ब्यक्तिलाई एक एक बोरा चामल र एक एक प्याकेट नुन राहत स्वरुप बितरण गर्नु भएको छ ।

मेलुङ(१ पवटिका ११० परिवारलाई करिब २ लाख बराबरको सामान आफ्नो स्वर्गीय बुबा गणेश बहादुर बस्नेतको सातौ महिनाको मासिकको अवसर पारेर आफ्नो निजि लगानीबाट उक्त लक्षित बर्गको घरमा चारदिन भनेपनी चुलोमा आगो बलोस भन्ने मान्यता रहेका मनका धनी बस्नेतले ठुलो धर्म कमाउनु भएको स्थानियहरुको बुझाइ छ । राहत लिनुहुने सिंह बहादुर बि.क ले हामी चुलो निभेका परिवारको चुलो कुनै पनि सरकारले बाल्न नसकेको अवस्थामा “तपाइँले हाम्रो चुलो बालिदिनु भयो । “ भनी आँशु झार्दै आशिर्वाद दिनु भएको निजका भाइ राजेश बस्नेतले बताउनु भएको छ । साबिक पवटिका नौ वटै वडाका लक्षित बर्गको घर घरमा समेत पुगेर राहत बितरण गर्नु भएको थियो । राहत बितरण कार्यमा स्थानिय सन्जय बस्नेत, गणेश कोइराला, दिनेश उप्रेती, शोभित उप्रेती तथा निजका भाइहरु बेल बहादुर बस्नेत, राजेश बस्नेत र छोरा दिलिप बस्नेत लगायतले सहजीकरण गर्नु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

नदिजन्य सामग्रीको राजश्व अनियमितताबारे प्रतिबेदन सार्वजनिक गर्न तामाकोसीमा कांग्रेसको माग

shyam khatiwada

समाजसेवी सोभित उप्रेती , जसले महामारीमा ८० लाखको स्वास्थ्य उपकरण दोलखामा जुटाए

shyam khatiwada

कीर्तिपुर क्रिकेट मैदान तोकिएको समयभित्रै सम्पन्न हुने – खेलकुदमन्त्री चौधरी

shyam khatiwada
Gaurishankar Post