Gaurishankar Post
नेपाल समाचार राजनीति

विद्यालाई नारायणकाजीले भेटेकोबारे माओवादी पार्टीलाई जानकारी छैन, एमालेसँग एकता सम्भव छैन


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नभएको प्रष्टीकरण दिएको छ । माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै पार्टीले वाम एकताका लागि एमाले कुनै प्रस्ताव नगरेको बताएको छन् ।
समाचारमा उल्लेख भएजस्तो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको कुरामा सत्यता नभएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौ । साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन ।’
एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि नचलेको बताए। तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा रेडक्रसका सभापति दाहाललाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न केन्द्रमा सिफारिस

shyam khatiwada

नेपाली कांग्रेस संगठन विभागको केन्द्रिय सदस्यमा दोलखाका नेता हरिबाबु अर्याल नियुक्त

shyam khatiwada

दोलखाका स्वास्थ्य संस्थाहरुलाई इपानको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post