Gaurishankar Post
नेपाल समाचार राजनीति

विद्यालाई नारायणकाजीले भेटेकोबारे माओवादी पार्टीलाई जानकारी छैन, एमालेसँग एकता सम्भव छैन


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नभएको प्रष्टीकरण दिएको छ । माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै पार्टीले वाम एकताका लागि एमाले कुनै प्रस्ताव नगरेको बताएको छन् ।
समाचारमा उल्लेख भएजस्तो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको कुरामा सत्यता नभएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौ । साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन ।’
एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि नचलेको बताए। तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

छिचोलियो नुप्चे—लिखू जलविद्युतको आयोजनाको सुरुङ, आगामी साउनमा विद्युत उत्पादन हुने

shyam khatiwada

ईन्जिनियर शसक्त हुनुपर्नेमा पौडेलेको जोड , बागमती प्रदेश सभापतिमा सघाउन आग्रह

shyam khatiwada

‘अजयबाबुले पर्दाफास गरेका दुई ठुला घटनाले नै देशमा कम्युनिष्ट पार्टीको पतन शुरु भयो’

sanjeet
Gaurishankar Post