Gaurishankar Post
नेपाल समाचार समाचार

शासक होइन जनताको सेबक भएर काम गर्छुृ – अर्जुन शिवाकोटी गठबन्धन उम्मेद्वार कालिञ्चोक


सत्तागठबन्धनको तर्फबाट कालिञ्चोक गाउँपालिकाका अध्यक्ष उम्मेद्वार अर्जुन शिवाकोटीले निर्वाचनमा विजयी भएपछि विगतका अन्य दलको जस्तो शासक बनेर होइन जनताको सेवक भएर काम गर्ने बताएका छन् ।
उनले अवसर पाए विकृति र विसंगतिले ग्रस्त भएको कालिञ्चोक गाउँपालिकाको शुसासन र सेवा प्रवाहादेखि सयौं नमुना काम गरेर स्थानीय सरकार जनताको हो भन्ने प्रयाभुती दिलाएरै छोड्ने जनाएका छन् । यस अघि नै गाउँपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने घोषणा गरिसकेका शिवाकनेटीले समुन्नत कालिञ्चोक गाउँपालिका निर्माणका लागि आफु सदैब जनताको सेबक भएर काम गर्ने बताएका छन् । कालिञ्चोक ६ मा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै शिवाकोटीले यस्तो बताएका हुन् । उनले भने अनुभबी उपाध्यक्षको उम्मेद्वार पाएका छौं , म पनि विकास निर्माणको क्षेत्रमा थुप्रै अनुभव बटुलीसकेको मान्छे हुँ, हामी साँच्चै कालिञ्चोकलाई नमुनामात्रै होइन कुनै कुराको अभाब र कमी हुन दिने छैनौं तशर्थ यो पटक गठबन्धलाई अवसर दिनुहोस त्यसको मसिनो गरि समाज विकास गरेर गुण तिछौं ।

याे पढ्न छुटाउनु भयाे की ?

सिंगटी खोलाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो

shyam khatiwada

दोलखामा सर्बाधिक राशिको स्व.नन्दप्रसाद स्मृति पत्रकारिता पुरस्कार घोषणा

shyam khatiwada

२८८ नयाँ सक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो

sanjeet
Gaurishankar Post