Gaurishankar Post
देश ब्रेकिंग

हिमाली गाउँ बेदिङ को समस्या समाधान गर्न गृह मन्त्रालय पुगे कांग्रेस नेता शिवाकोटी

यतायात सञ्जाल संग अहिले सम्म नजोडिएको दोलखाको अत्ती दुर्गम हिमाली वेदिङ गाउँमा उडान प्रतिबन्ध फुकुवा गर्न माग गर्दै वेदिङबासीलाई लिएर कांग्रेस केन्द्रिय सदस्य गृह मन्त्रालय पुगेका छन् ।

गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने चिन संग सिमाना जोडिएको वेदिङ गाउँमा हेलिकप्टर उडानमा प्रतिबन्ध छ । सुत्केरी, बिरामी सहितलाई सुविधा सम्पन्न अस्पताल पुर्याउन उडान भर्दा जिल्ला प्रशासन कार्यालय हुँदै गृह मन्त्रालयबाट झण्झटीलो प्रक्रियाबाट अनुमति लिदा नागरिकको ज्यान जान थालेको भन्दै वेदिङबासीको तर्फबाट केन्द्रिय सदस्य शिवाकोटीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

वेदिङ स्थित एभरेष्ट समिटर्स क्लबका अध्यक्ष दावाछिरि शेर्पालाई लिएर गृहमन्त्री बालकृष्ण खाँण र गृह सचिव टेकनारायण पाण्डे संग मंगलबार दिउँसो मन्त्रालयमा भेटेका शिवाकोटीले वेदिङ र नाँ गाउँका हकमा स्थानिय समुदायलाई विश्वासमा लिएर हेलिकप्टर उडानको प्रतिबन्ध फुकाउन आग्रह गरे । ‘त्यहाँ अहिले सम्म सडक सञ्जाल पुगेको छैन, हिडेर पुग्नै दुई दिन लाग्छ’ उनले भने – ‘अफ्ठ्यारो वा समस्यामा नभई नहुने हेलिकप्टरकै उडान प्रतिबन्ध लाग्दा अकालमै स्थानियले ज्यान गुमाईरहनुपरेकाले मन्त्रालयको ध्यानाकर्षण गराएका हौं’ ।

मन्त्री खाँण र सचिव पाण्डेले हिमाली गाउँ बेदिङ र नाँ मा प्रतिबन्ध फुकाउन तत्काल पहल गर्ने आश्वासन दिएको स्थानिय शेर्पाले सुनाए ।

याे पढ्न छुटाउनु भयाे की ?

झन्डै ५ बर्ष कर्येकाल मा न्याय हेल्थ नेपाल दोलखा को सफलता

sanjeet

कोरोना संक्रमित बढ्दै गएपछि दोलखामा निषेधाज्ञा घोषणा

shyam khatiwada

दुईपटक पसिना आएपछि भीमेश्वरमा राष्ट्रप्रमुखको तर्फबाट क्षमा पुजा

shyam khatiwada
Gaurishankar Post