Gaurishankar Post
राजनीति समाचार

तरुण विभागको केन्द्र र प्रदसे समितिमा दोलखाका ६ जना युवा नेताहरु मनोनित


दोलखा ३ भदौ,,
नेपाली कांग्रेसको मुख्य भातृ संगठन तरुण विभागको प्रदेश र केन्द्रीय समितमा दोलखाका ५ जना युवा नेताहरु मनोनित भएका छन् ।
तरुण विभागका संयोजक एवं पुबमन्त्री शंकर भण्डारीले दोलखाका ६ जना युवा नेताहरुलाई विभागको प्रदेश र आमन्त्रीत केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन् । विभागको आमन्त्रीत केन्द्रिय सदस्यमा राजन अधिकारी , प्रदेश सदस्यमा किरण घिसिङ , ओम तामाङ लामा , कमल अधिकारी, सुर्य अधिकारी र सुन्दर बस्नेत रहेका छन् । उनिहरु सबै नेपाली कांग्रेस दोलखाका सकृय युवा नेताहरु हुन् ।
उनिहरुलाई बिहिबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्बमन्त्री शंकर भण्डारीले एक समारोहका बिच तरुण विभागको विभिन्न जिम्मेवारी दिएको पत्र हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेस तरुण विभागका संयोजक समेत रहेका पुर्वमन्त्री भण्डारीले युवाहरुनै नेपाली कांग्रेस पाटीको मेरुदण्ड रहेको भन्दै उनीहरुलाइ जिम्मेवारी दिएको बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा गठबन्धनले भारी अन्तरले निर्वाचन जित्दैछौं – कांग्रेस नेता तारा खड्का

shyam khatiwada

जिरीको कार्यक्रम सम्बोधन गर्न कांग्रेस केन्द्रिय सदस्य शिवाकोटी गृह जिल्ला दोलखामा

shyam khatiwada

दोलखाली छोरो प्रदिप कार्कीको तै मायाँको गित सर्वाधिक चर्चामा

shyam khatiwada
Gaurishankar Post