Gaurishankar Post
ब्रेकिंग राजनीति समाचार

मुलुकमा प्रजातन्त्र कायम राख्न राप्रपाको नेतृत्व अपरिहार्य राणा


श्याम खतिवडा
दोलखा २८ भदौ
,,
राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष पशुपति शमसेर राणाले मुलुकमा प्रजातन्त्र कायम राख्ने हो राप्रपाको नेतृत्व आबश्यक रहेको बताएका छन् ।
गणतन्त्रका नाममा ठुला पाटीका नेतृत्व तहमा बसेर नागरिकका मौलीक हक र अभिब्यक्ति स्वतन्त्रता हनन गर्दै जाने र अन्तमा प्रजातन्त्र नै मास्ने खेल भैरहेको भन्दै अध्यक्ष राणाले राप्रपाको नेतृत्व आबश्यक रहेको जिकिर गरेका हुन् । अध्यक्ष राणाले इतिहाँसमानै पहिलोपटक कम्युनिष्ट पाटीको नेतृत्वमा बनेको दुई तिहाइको सरकारले विकास र समृद्धि ल्याउछौं भनेको ३ वर्ष पुरा नहुदै ३ टुक्रा हुनुपरेको सुनाउदै जनताले पुरानो र विस्वासिलो दल राप्रपालाई अबको म्याण्डेड दिने दाबी गरे ।

सोमबार राप्रपा दोलखाको जिल्ला अधिबेशनको उद्घाटन गर्न हेलिकप्टर चढेर चरिकोट पुगेका अध्यक्ष राणाले यस्तो बताएका हुन् । उनले आफ्नो पाटी राप्रपा अब एक ढिक्का भएको र नेतृत्वमा कुनै विवाद नरहेको बताएका छन् । प्रजातान्त्रिक विधि र प्रकृयाबाट हुने महाधिबेशनमा छनोट भएको नेतृत्वले सिंगो पाटी एक ढिक्का बनाएर लैजाने विस्वास ब्यक्त गरेका छन् । अधिबेशनमा केन्द्रिय नेताहरु बुद्धिमान पाख्रिन , सांसद राजेन्द्र लिङ्देन , केन्द्रिय कार्यसम्पादन समिति सदस्य सोभित उप्रेती लगाएतका नेताहरुले सरकार सञ्चालन गरिरहेको बर्तमान गठबन्धनले पनि मुलुकलाई उचित निकास दिन नसकेको जनाएका छन् । अधिबेशनमा केन्द्रिय सदस्यहरु जनकराज पाठक , शुन्दरप्रकाश खड्का, विजय खड्का , नवराज श्रेष्ठ ,प्रविण थोकर , बल बहादुर केसी लगाएतको सहभागिता थियो ।
जिल्ला संयोजक राजनबहादुर शिवाकोको अध्यक्षतामा सुरु भएको बन्दसत्रले नयाँ नेतृत्वको लागि सोमबारनै नेतृत्व छनोट गरिसक्ने जिल्ला सचिब भाष्कर पाण्डेले जानकारी दिए । यसअघि वडा , स्थानीय तह र प्रदेश सभा क्षेत्रको नेतृत्व छनोट भैसकेको दोलखाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य सोभित उप्रेतीले बताएका छन् । जिल्ला अधिबेशनमा सहभागि हुन दोलखाका सबै स्थानीय तहका प्रतिनिधिहरु सदरमुकाम चरिकोट आएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

अमेरिकाको न्युयोर्क सहरका मेयर र भीमेश्वर सहित नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’ अन्तरक्रिया

shyam khatiwada

सिन्धुपाल्चोकमा बाढीले जम्बु बजार बगायो, १८ बेपत्ता, २ को मृत्यु

shyam khatiwada

भीमेश्वरमा जनतालाई दुख दिने गरि ठुला सभा नगर्ने गठबन्धनको तयारी , २७ सय स्वयंसेबक घर घर खटीए

shyam khatiwada
Gaurishankar Post