Gaurishankar Post
नेपाल समाचार समाचार

दोलखाको लामिडाँडामा एमालेका कार्यकर्ताद्धारा गठबन्धनका वडासदस्यमाथी खुकुरी प्रहार


दोलखा २८ बैशाख
दोलखाको कालिञ्चोक गाउँपालिका ४ लामिडाँडाका वडा सदस्य उम्मेद्वार छत्र बहादुर कार्कीमाथी खुकुरी प्रहार गरेका छन् ।
गएराती मौन अवधि सुरु हुनै लाग्दा कालिञ्चोक ४ को नरिभुँई पुगेका एमालेका कार्यकर्ताहरुले माओबादीका तर्फबाट गठबन्धनका वडा सदस्य उम्मेद्वार कार्की माथी खुकुरी प्रहार भएकोे । घाइते कार्कीका अनुसार आफुलाई एमालेका स्थानीय नेताहरु सरोज ठकुरी , कुमार बस्नेत र राजेन्द्र कार्कीले खुकुरी प्रहार गरेको बताएका छन् । उनको टाउकोमा गम्भिर चोट छ । कार्की लाई गएरातिनै चरिकोटस्थित सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । घाइते कार्कीले आजै जिल्ला प्रहरी कार्यालय दोलखामा सरोज ठकुरी , कुमार बस्नेत , राजेन्द्र कार्की लगाएत ५ जनालाई ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी दिएका छन् । उता घटनामा संलग्न रहेको आरोप लागेका नेकपा एमाले कालिञ्चोक ४ वडा कमिटी अध्यक्ष कुमार बस्नेतले आफुहरुलाई लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन् । उनले आफुहरु मतदाता भेट्न गएको बेला उल्टै आक्रमण गरेको बताए । बस्नेतले आफ्नै कार्यकर्ता राजैनद्र कार्कीलाई घाइते बनाएको सुनाए । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ भने घटनाका मुख्य आरोपित सरोज ठकुरी र कुमार बस्नेत सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ । घटनाका मुख्य आरोपित ठकुरी कृषि विकास बैंकका छैटौं तहका अधिकृत हुन् , उनले खुलेआम पार्टीको राजनीति र अपराधिक काम गरिरँदा दोलखा प्रशासन भने मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको सिंगटीमा तरुण दलको मार्चपास , १ सय १ सदस्यीय पालिका समिति गठन

shyam khatiwada

नेकपा समाजबादी दोलखाको अध्यक्षमा दहाल, २५१ सदस्यीय जिल्ला कमिटी घोषणा

shyam khatiwada

दोलखामा स्थानीय तहको पहिलो सुरुवात ,समपुरक कोष बनाएर सडक कालोपत्रे

shyam khatiwada
Gaurishankar Post