Gaurishankar Post
समाचार

नामसालिङ् द्धारा कालिञ्चोकका कृषकलाई खाद्य सुरक्षा र पशुपालनमा सहयोग


दोलखा ३ माघ,,
विगत ७ वर्षदेखि दोलखाको कालिञ्चोक गाउँपालिकाका ३ वटा वडामा एकिकृत सामुदायिक विकास परियोजना सञ्चालन गरिरहेको नामसालिङ सामुदायिक विकास केन्द्रले तिनै वडाका किसानहरुलाई खाद्य सुरक्षा र पशुपालन क्षेत्रमा सहयोग गरेको छ ।
संस्थाले किसानलाई खाद्य सुरक्षा अन्तर्गत विभिन्न कृषि उपजका विउहरु र पशुपालनमा गोठ सुधारको क्षेत्रमा सहयोग गरेको हो । नामसालिङले खाद्य सुरक्ष अन्तर्गत किसानलाई उन्नत जातको आलुको बिउ , उन्नत जातको गहुँको बिउ सहयोग गरेको छ भने पशुपालनमा गोठ सुधार कार्यक्रम तथा पशुपालन घुम्ति ॠण कोष सञ्चालन गरेको संस्थाका जिल्ला संयोजक राजन क्षेत्रीले जानकारी दिए । उनका अनुसार कालिञ्चोक गाउँपालिका वडा नम्बर १ , ५ र ६ नम्बरका एक सय पचास जना कृषकलाई आलुको बिउ, गहुँको बिउ र गोठ सुधार कार्यक्रम सहित घुम्ती पशुपालन ॠण कोष वितरण गरिएको छ । तिमध्ये ५० जना किसानलाई स्वर्गद्धारी र धौलागिरी जातको गहुँको बिउ ५ सय केजी , ५० जना किसानलाई रातो रोजिटो आलुको बिउ १ हजार २ सय केजी वितरण गरिएको छ । संयोजक क्षेत्रीले पशुपालन सहयोग कार्यक्रम अन्तर्गत १० जना किसानलाई जनही २५ हजारका दरले घुम्ति ॠण सहयोग गरिएको जानकारी दिए । उक्त ॠण वार्षिक तरिकाले अर्को किसानलाई हस्तान्तरण हुने गरि परिचालन गरिने छ । त्यस्तै गोठ सुधार कार्यका लागि २५ जना किसानलाई प्रति परिवार १० हजारका दरले अनुदान दिइएको छ । कृषि र पशुपालनको क्षेत्रमा प्रयाप्त विकास गर्न र कृषकको आय आर्जनमा वृद्धि गराउन उक्त कार्यक्रम सञ्चालन गरिएको संयोजक क्षेत्री बताउछन् ।
विगत ७ वर्षदेखि कृषकलाई मुख्य प्राथमिकतामा राखेर परियोजना सञ्चालन गरिरहेको नामसालिङले आगामी २०२५ सम्म स्थानीय साझेदार संस्था कालिञ्चोक एकिकृत सामुदायिक विकास केन्द्र मार्फत खाद्य सुरक्षा र पशुपालनका क्षेत्रमा समन्वयात्मक ढंगले कार्यक्रम सञ्चालन गरिने नामसालिङ का परियोजना संयोजक एवं भुगर्भविद सुबोध निरौलाले जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

लापिलाङका पहिरो पिडितलाई कांग्रेस नेताहरुको सहयोग

shyam khatiwada

आगलागी पिडित अधिकारी परिवारलाई कालिञ्चोक सरोकार समाजको आर्थिक सहयोग

shyam khatiwada

दोलखाली छोरो प्रदिप कार्कीको तै मायाँको गित सर्वाधिक चर्चामा

shyam khatiwada
Gaurishankar Post