Gaurishankar Post
समाचार स्थानीय समाचार

कुरीका होटलको सरकारी अनुगमन , जनैपुर्णिमा सम्म अनिवार्य मेनु राख्न निर्देशन



दोलखा १० साउन,,
होटल व्यवसायीहरुले महंगो शुल्क लिने गरेको चौतर्फी गुनासो आएको भन्दै दोलखाको सरकारी टोलीले सोमबार कालिञ्चोकको कुरी क्षेत्रमा सञ्चालित होटलहरुको अनुगमन गरेको छ ।
जिल्ला समन्वय समिति, कालिञ्चोक गाउँपालिका , प्रमुख जिल्ला अधिकारी लगाएतको सरकारी टोलीले सोमबार समग्र कालिञ्चोक क्षेत्रको अनुगमन गर्दै होटल व्यवसायीहरुलाई जनैपुर्णिमा सम्म अनिवार्य रुपमा होटलमा मेनु राख्नुपर्ने निर्देशन दिएको हो । कुरीमा सञ्चालित कतिपय होटलहरुले अहिलेसम्म परिकार सहितको मुल्यसुचि नराखेको र ग्राहकहरुलाई आफ्नै ढंगले मुल्य लिएको गुनासो आएपछि होटलहरुको संयुक्त अनुगमन गरि मुल्यसुचि अर्थात मेनु राख्न निर्देशन दिइएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले जानकारी दिए । उनका अनुसार कतिपय होटल व्यवसायीहरुले मुल्यसुचि बिना ब्यापार गर्दै आएको र जसका कारण ग्राहकवर्गमा अन्योलता शिर्जना भएकाले समय र परिस्थितीलाई मध्येनजर गर्दै उचित मुल्य सहितको सुचि प्रत्येक टेबलमा राखिनुपर्ने जनाएका छन् ।
अनुगमनका क्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले करोडौंको लगानीमा बनेका होटलमा मेनु नहुनु दुखद भएको बताउदै तोकिएको समय अर्थात भदौ १४ गते जनैपुर्णिमाको दिनसम्म सबै होटलहरुले आ आफ्नो मुल्यसुचि नराखे नियम अनुसार कारबाही गरिने जनाएका छन् । उनले मेनु व्यवसायीक दृष्टिले पनि अपरिहार्य रहेको जनाउदै यसमा प्रशासनले ताकेता गर्नुपर्ने विषय नभएको जनाएका छन् । अनुगमन टोलीले कालिञ्चोक मन्दिर भित्र क्षेत्रफल ओघटेर राखिएका त्रिसुल तथा अन्य पुजा सामाग्रीहरु अन्यत्र व्यवस्थापन गर्न र मन्दिर परिषरसँग जोडेर बनाइएका संरचनाहरुसमेत हटाउन निर्देशन गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल धमलाले जानकारी दिए । कुरीमा साना ठुला गरी झण्डै ७० को हाराहारीमा होटलहरु सञ्चालनमा छन् ।
कालिञ्चोक गाउँपालिकाले कालिञ्चोक मन्दिरलाई व्यवस्थित गर्न र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पार्न आवश्यक तयारी गरिरहेको गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले जनाएका छन् । अनुगमन टोलिमा जिल्ला समन्वय प्रमुख बर्जुराम घतानी, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटी, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला , दोलखाका प्रहरी प्रमुख दिपक खड्का लगाएत सहभागी थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

कोभीडका कारण दोलखामा एक महिलाको मृत्यु , संक्रमितको संख्या २ सय २३ पुग्यो

shyam khatiwada

मनकारी बिमल थापा जसले विपतको समयमा बाबरे स्वास्थ्य चौकीलाई गरे औषधी सहयोग

shyam khatiwada

जुँगुमा स्वार्थ राखेर वडा कार्यालय सार्न खोजेको भन्दै स्थानीय आन्दोलित

shyam khatiwada
Gaurishankar Post