Gaurishankar Post
ब्रेकिंग राजनीति

श्रीमानको शोक बोकेर चुनावी मैदानमा उभिएकी छु,मतदाताले न्याय गर्नुहुन्छ भन्नेमा विस्वस्तछु पासदिकी तामाङ


दोलखा २७ कात्र्तिक
मंसिर १६ गते हुने गौरीशंकर गाउँपालिका दोलखाको उपाध्यक्ष निर्बाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेकी कांग्रेस नेतृ पासदीकी तामाङले श्रीमानको शोक बोकेर आफु चुनावी मैदानमा उत्रिएको बताउदै आम मतदाताले न्याय गर्नेमा आफु विस्वस्त रहेको बताएकी छन् । उनले पति शोक , सयौं प्रकृतिका पारिवारिक कठिनाई लगाएत दर्जनौं पिडा भुलेर खास गरी स्व. पति श्यामशुन्दर तामाङका गौरीशंकर बनाउने सयौं सपनाहरु पुरा गर्न र अझ विकट बस्तीमा विकासको पहुँच पुरा गर्न टाउकोमा लोग्नेको शोक बोेकेर मैदानमा उत्रिएको बताएकी हुन् । उनले स्व. पति श्यामशुन्दरको सपनासँगै समुन्नत गौरीशंकर निर्माण गर्ने अठोट लिएर चुनावी मैदानमा उत्रिएको बताएकी छन् ।
मंगलबार विहान गौरीशंकर गाउँपालिका ३ झ्याँकुमा आयोजित घरदैलो अभियानमा उम्मेद्वार तामाङले यस्तो बताएकी हुन् । उनका पति समेत रहेका नेपाली कांग्रेसका नेता स्व. श्यामशुन्दर तामाङ यसअघि गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा बहाल छँदैगर्दा अल्पायुमै निधन भएपछि सोही पदमा नेपाली कांग्रेसले उनकी श्रीमती पासदिकी तामाङलाई उपनिर्वाचनमा उम्मेद्वार बनाएको छ । पासदीकी दृडताका साथ चुनाबी मैदानमा उत्रिएपछि उनको पक्षमा राम्रो माहोल बनिरहेको गाउँपालिकाका नेताहरु बताउछन् ।
घरदैलोको क्रममा पासदिकीले स्व. श्रीमानका विकसित गौरीशंकर बनाउने संयौ सपनाहरु अधुरै रहेको बताउदै ति सबै सपनाहरु पुरा गर्न र खासगरी दोलखा जिल्लाकै विकट रुपमा रहेको गौरीशंकर गाउँपालिकालाई समुन्नत र बिकसित बनाउन पनि श्रीमानको शोक टाउकोमा बोकेर मैदानमा उत्रिएको जनाएकी छन् । उनले यी सबै काम गर्न आम गौरीशंकर गाउँपालिकाबासीहरुले आफुलाई एकपटक अमुल्य मत प्रदान गर्न आग्रह गरेकी छन् । उनी जहाँ पुग्दा पनि मतदाताले श्यामसुन्दर तामाङ सम्झिएर रुने गरेकाले आफुलाई झनै असहज भएको महसुस गर्छिन् ।

याे पढ्न छुटाउनु भयाे की ?

चिनिया कम्युनिष्ट पाटीको छैटौं अन्तराष्ट्रिय पुर्ण शभा, सिपिसि र दक्षिण यसियाली बामपन्थी दलसँग शासन व्यवस्थाबारे सेमिनार हुने

shyam khatiwada

बाबरेका क्यान्सर पिडित बालकलाई कालिञ्चोक सरोकार समाजको आर्थिक सहयोग

shyam khatiwada

दोलखाको च्छो–रोल्पा अस्पतालमा“ट्रमा युनिट” सञ्चालन

shyam khatiwada
Gaurishankar Post