Gaurishankar Post
कबिता लेख तथा रचना

आऊ साथी रांका बालौं – केशवराज चौलागाई


आऊ साथी रांका बालौं
पुत्ला जलाऊं
ढुङ्गामुढा गरौं
उ वेईमानीलाई के थाह रु
हामी कति चण्डाल छौं
सके गाडी जलाऊ
सडक बन्द गरौं
उ गोली हान्न वाध्य होस्।
हामीलाई हेप्न पाईन्छरुरु
हाम्रा मालिकहरु जेसुकै गरून्।
घुंडा टेकुन् कि टाङ्गमुनि छिरुन्
हाम्रो खोरिया फांड्न पाईन्छरुरु
आऊ साथी रांका वालौं।

हामीले हाम्रो बांझो राखेर
कल कारखना बन्द गरेर
उस्कै खाका छौं
उस्कै लाका छौं
उस्कै हेरेका छौं
उस्कै सुनेका छौं
नाल काट्ने छुरा देखि,कात्रोसम्म
उसैको
भाईटिकालाई फुल
भ्यालेन्टाईनलाई गुलाब
तर्पणको तील जौ
उसकै ल्याको छ।
फेरि
उहीँ पो हाम्लाई हेप्नेरुरु
कांडेतार लाईदिऊं
हाम्रो चरन नि उतै त हो नि।
हामी कति क्रान्तिकारी छौं
उस्लाई के थाहरु
हाम्रै कान्लामा डढेलो लाईदिम
आऊ साथी,रांका बालौं।

पानी वगेर ,बैँस उम्लेर
उतै त गाको छ नि१
के खोज्या उसलेरुरु
हाम्रा मालिक उही छान्दिन्छ।
मालिकका पनि मालिक भएर
हाम्रै आंगन थिचोमिचोरुरु११
तेस्को धज्जी उढाउनु पर्छ।
हामी शहरमा दाउरा बालौं न वरु११
हामी भोकले मरौंन बरु
आफ्ना मालिकको जयकारा गाअौं
क्या१ रसिक ढांचामा
सरम पचाउंन सक्ने
क्या ११तरिका छ लम्पसार पर्ने।
यस्ता मालिकहरुको रथयात्रा गरौं
हामी चानचुने दाश होईनउं।
के ठान्या होला त्यस्ले११
त्यस्कातिर जाने बाटो बन्द गरौं
आऊ साथी रांका बालौं

हनिमुन मनाउंन उसैकां
विरामी हुंदा उसैकां
तीर्थ जांदा उसैकां
संगठन गर्दा उसैकां
चौकीदारी उसैकां
नुनतेल लिन उसैकां
जोरी खोज्दो रैछ भाते११
कांडेतार लाईदिंदा चाल पाउंछ त्यस्ले।
हामी जस्ता देशभक्तलाई जिस्क्याउनेरु
दणडवत गर्दा गर्दै
हाम्रा मालिकलाई हेप्नेरुरु
अत्याचारै भो नि यार१
वरु आफ्नै झुप्रा जलाईदिऊं
आऊ साथी,रांका बालौं।

याे पढ्न छुटाउनु भयाे की ?

कोराना जित्न आत्मबल दर्विलो बनाउनु पर्छ- हेमराज रिमाल महासचिब दोउवा संघ

shyam khatiwada

महाधिबेशन गर्न हतार नगरौं – तारा बहादुर कोइराला

shyam khatiwada

सम्बन्ध [लघुकथा]

shyam khatiwada
Gaurishankar Post