Gaurishankar Post
समाचार स्थानीय समाचार

आगलागी पिडित अधिकारी परिवारलाई कालिञ्चोक सरोकार समाजको आर्थिक सहयोग


दोलखा २६ जेठ,,,
केही समय अघि आगलागीका कारण आफ्नो घर सहित सबै सम्पत्ति गुमाएका दोलखाको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावति नाम्थाजोरका पर्बत अधिकारीको परिवारलाई कालिञ्चोक सरोकार समाजले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
मंगलबार कालिञ्चोक सरोकार समाज पिपत व्यवस्थापन समितिका संयोजक टेकराज शिवाकोटी सहितको टोली पिडित अधिकारीको घरमै पुगेर नगद १० अजार ५ रुपैंया सहयोग गरेको हो । झण्डै २ महिना अघि अनयासै सल्केको आगोले पर्बत अधिकारीको घर र मतान सहित घरभित्र रहेका सबै सामानहरु जलेर नष्ट भएको थियो । घर जलेपछि गाँस र बासको समेत समस्या झेल्दै आएका उनिहरुलाई थोरै भएपनि आर्थिक सहयोग पाउँदा निकै ठुलो राहतको महसुस भएको अधिकारीले बताए । कालिञ्चोक सरोकार समाजले कोभिड महामारीलाई लक्षित गर्दै चलाएको अभियानबाट संकलित रकममध्येबाट आगलागी पिडित अधिकारी परिवारको संवेदनालाई मध्यनजर गर्दै १० हजार नगद सहयोग गरिएको समितिका संयोजक टेकराज शिवाकोटीले बताएका छन् । सहयोग हस्तान्तरण गर्न संयोजक टेकराज शिवाकोटी , सुनखानीका जेष्ठ जन एवं समाजसेबी मेघनाथ शिवाकोटी , समाजका सल्लाहाकार झलक बस्नेत ,कांग्रेस नेता एवं समाजसेवी संग्राम बहादुर आचार्य, शिक्षक एवं सामाजिक अगुवा बलराम शिवाकोटी , सरोकार समाजका सदस्यहरु रमेश शिवाकोटी , सन्ध्या बस्नेत लगाएतको टोली मंगलबार आगलागि पिडित पर्बत अधिकारीको अस्थायी कटेरो रहेको सुन्द्रावति स्थित नाम्थाजोर पुगेका थिए । सहयोग पाएसँगै अधिकारी दम्पत्तिमा खुसी छाएको उनका छिमेकीहरुले बताएका छन् ।
सरोकार समाजले कोरोना महामारी सहित उत्पन्न बिपतबाट कसैले पनि आर्थिक अभाब भोग्न नपरोस भन्दै सहयोग अभियान तिब्र पारेको छ । समाजले यस अघि कालिञ्चोक गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा आबश्यक स्वास्थ्य सामाग्री सहित कोभिड बाट मृत्यु भएका कालिञ्चोक ८ का एक पुरुषको परिवारलाई नगद सहयोग हस्तान्तरण गरिसकेको छ । त्यस्तै बाबरेका क्यान्सर पिडित बालकलाई अस्पतालमै पुगेर नगद समेत हस्तान्तरण गरिएको संयोजक शिवाकोटीले जानकारी दिए । कोभिड महामारीकै कारण ज्यान गुमाएका कालिञ्चोक ५ लापिलाङ का वडाअध्यक्ष सुवास थामीको पिता लाई श्रदाञ्जली अर्पण गर्न समाजको टोली सोमबार लापिलाङ पुगेको थियो । मृतकको परिवारलाई पनि आर्थिक सहयोग उपलब्ध गराउने तयारी समाजको तयारी भएपनि वडा अध्यक्ष सुवास थामीले उक्त सहयोग आफ्नो परिवारलाई नभै अन्य पिडितहरुलाई उपलब्ध गराउन अनुरोध गर्दै धन्यबाद ज्ञापन गरेको सरोकार समाजले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा बसको ठक्करले मोटरचाइकल चालकको मृत्यु

shyam khatiwada

एमसीसीमा अमेरिकाको आशय र नेपाली जनता को चिन्ता के हो ?

shyam khatiwada

चरिकोटमा बृहत लाखे महोत्सब हुने, ७ जिल्लाका लाखे नाच प्रदर्शनको तयारी

shyam khatiwada
Gaurishankar Post