Gaurishankar Post
अर्थ र बाणिज्य नेपाल समाचार फोटोफिचर

केन्द्रिय सदस्य मानन्धरलाई दोलखामा भब्य स्वागत (फोटो फिचर)


दोलखा २० मंसिर
नेपाल उद्योग वाणिज्य महासंघको केही दिन अघिमात्रै सम्पन्न महाअधिबेसनबाट जिल्ला नगर तर्फको खुला केन्द्रिय सदस्यमा विजयी दोलखाका प्रतिष्ठित व्यवसायी रामेश्वर मानन्धरलाई गृह जिल्ला दोलखामा भब्य स्वागत गरिएको छ ।
महासंघको ५४ औं साधरण सभा एवं अधिबेसनबाट दोलखा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका मानन्धर महासंघको केन्द्रिय सदस्यमा भारी मतका साथ विजयी भएपछि गृह जिल्ला दोलखामा भब्य स्वागत गरिएको हो । शनिबार दोलखा उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ दोलखाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरि केन्द्रिय सदस्य मानन्धरलाई स्वागत तथा बधाई ज्ञापन गरेको थियो ।
बधाई तथा सम्मान ग्रहण गर्दै महासंघका नव निर्वाचित केन्द्रिय सदस्य रामेश्वर मानन्धरले शेखर गोल्छा नेतृत्वको केन्द्रिय समितिले आम उद्योगी व्यवसायीको शिर उच्च हुनेगरि कार्यसम्पादन गर्ने जनाए । उनले जिल्ला नगर तथा समग्र उद्योगी व्यवसायीलाई सरकारी निकायले हेर्ने दृष्टिकोण गलत रहेको भन्दै सो दृष्टिकोण परिवर्तन गराउन र व्यवसायीहरुलाई उच्च सम्मानको बाताबरण बनाउन आफुहरु लागि पर्ने जनाएका छन् । मानन्धरले आफ्नो कार्याकाल अवधिभर दोलखाको विकास र समृद्धिका लागि निजि क्षेत्रको तर्फबाट सक्दो सहयोग गर्ने जनाउदै दोलखाका स्थानीय तहहरुलाई फराकिलो मनका साथ सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् ।


दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश थापाको अध्यक्षतामा भएको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा निर्माण व्यवसायी संघ दोलखाका उपाध्यक्ष सुर्य बहादुर आचार्य (बालकृष्ण) , उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सनत थापा , संघका महासचिब हेमराज रिमाल , निर्माण व्यवसायी संघका महाँसचिब राजेश थापा, संघका प्रेस सल्लाहाकार श्याम खतिवडा लगाएत अन्य पदाधिकारी तथा सदस्यहरु र विभिन्न बस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए । कार्यक्रममा सहभागी अधिकांसले सदस्य मानन्धरलाई खादा र माला लगाएर बधाई ज्ञापन गरेको दोलखा उद्योग वाणिज्य संघका निमित्त कार्यकारी सचिब धनराज तामाङले जानकारी दिए । बधाई तथा शुभकामना कार्यक्रम दोउबा संघका सचिब बिमल श्रेष्ठले सञ्चालन गरेका थिए । केन्द्रिय सदस्य मानन्धर किशोर प्रधान नेतृत्वको चुनाबी गठबन्धनबाट जिल्ला नगर तर्फको खुला सदस्यमा उत्कृष्ट १० जना भित्रै निर्वाचित भएका थिए । केन्द्रिय सदस्यमा मानन्धरको आगमनले नेपाल उद्योग वाणिज्य महासंघमा कोसेढुंगा साबित हुने अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।

हेर्नुहोस थप तस्बिर

याे पढ्न छुटाउनु भयाे की ?

पशुपालनमा दोलखाका दुई युवा शैलेस र सुजनको नमुना सुरुवात

shyam khatiwada

च्छो-रोल्पा अस्पतालको १७ औं बार्षिकउत्सव, जिल्लाकै सुविधासम्पन्न बनाउने तयारी

shyam khatiwada

खतिवडा नेपाली कांग्रेस तरुण विभागको केन्द्रिय सदस्यमा नियुक्त

shyam khatiwada
Gaurishankar Post