Gaurishankar Post
गण्डकी प्रदेश राजनीति

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा २९ जेठ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । 

पोखरेलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गर्दै आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका थिए । पोखरेलले दाबीसँगै आफूलाई समर्थन गरेका ३१ सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई प्रदेश प्रमुखकै सामुन्ने सनाखतसमेत गरेका थिए ।

तर, विश्वासको मत पाउन असफल मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रको सिको गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको आफूलाई समर्थन रहेको भन्दै दलको पत्रसहित पुनः आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न भन्दै उनले दाबी गरेका थिए । दुवैको दाबी नपुग्ने भन्दै केन्द्रको जस्तै गण्डकी प्रदेश सभा पनि प्रदेश प्रमुखले भंग गर्न सक्ने आशंकामा बहुमत सांसदहरूले प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिएका थिए । 

याे पढ्न छुटाउनु भयाे की ?

यो पटक सजिलो गरि निर्वाचन जित्छौं – एमाले सचिब हिरा थोकर

shyam khatiwada

इमानका पक्का बर्मा लामा दोलखा ख मा अगाडी, ठुलोे अन्तरले जित निकाल्ने उद्घोष

shyam khatiwada

दोलखा कांग्रेसले असोज १ गतेबाट १०० दिने अभियान चलाउने , हेर्नुहोस संयुक्त बैठकका निर्णय

shyam khatiwada
Gaurishankar Post