Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

दिपजंग सहकारीको साधारण सभा, अध्यक्षमा कर्ण थामी चयन


दोलखा १७ फागुन
जिल्लाको कालिञ्चोक गाउँपालिका १ स्थित दिपजंग साना किसान कृषि सहकारीको सञ्चालक समिति अध्यक्षमा कर्ण बहादुर थामी चयन भएका छन् ।
मंगलबार कालिञ्चोक १ को क्याङपोल स्थित दिब्यश्वरी आधारभुत विद्यालयमा सम्पन्न साधारणसभाबाट थामी सहित नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा पदम थामी , सचिब टेकेन्द्र श्रेष्ठ, सहसचिब नरेन थामी र कोषाध्यक्षमा सरुणी थामी सहित ११ सदस्सीय संचालक समिति चयन भएको हो । साधारण सभाको उद्घाटन जिल्ला समुन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले गरेका थिए । लामो समयदेखि सुसुप्त अवस्थामा रहेको दिपजंग सहकारीलाई व्यवस्थीत गरि कालिञ्चोकमा कार्यरत सामाजिक संस्था नामसालिङ सामुदायिक विकास केन्द्रले समायोजन सहित आर्थिक सहयोग गरेसँगै सहकारीले गति लिएको छ । नामसालिङले साबिकका ९ वटा वडामा निर्माण गरेको महिला समुह र ति समुहलाई बिउ पुजीका रुपमा उपलब्ध गराएको रकम र उनिहरुले जम्मा गरेको बचत समेत सबै समुहलाई दिपजंमा समायोजन गरि बृहत ढंगले सहकारी अघि बढाउन लागिएको हो । नामसालिङका शुसासन संयोजक बिनोद निरौलाका अनुसार छरिएर रहेको पुँजीलाई एकिकृत गरि जनताको आर्थिक स्तर वृद्धि गर्न यो अभियान चलाइएको हो । उद्घाटन कार्यक्रममा जिसस प्रमुख डबल पाण्डे , कालिञ्चोक गाउँपालिका अध्यक्ष बिनकुमार थामी , विकास कोष नर्वेका नेपाल प्रतिनिधि योगी कायस्थ , नामसालिङका जिल्ला संयोजक राजन केसी , टुकिसंघका अध्यक्ष मकर पाख्रिन लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सहकारीको चालु पुजी लगभग ६५ लाख रहेको उपाध्यक्ष पदम थामीले जानकारी दिए । साधारण सभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

एमालेको १० औं महाधिबेशनका लागि दोलखाबाट सबै प्रतिनिधि सर्बसम्मत

shyam khatiwada

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि अत्याबश्यक सामाग्री सहयोग

shyam khatiwada

एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बाको पुनर्निर्माण हुन सकेन

shyam khatiwada
Gaurishankar Post