Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

नेपाली कांग्रेस प्रदेश सभा ख दोलखाको सभापतिमा श्यामराज्य खड्काको उम्मेदवारी


दाुेलखा २६ भदौ,,
नेपाली कांग्रेस दोलखाको १४ औं जिल्ला तथा क्षेत्रीय अधिबेशनमा आकांक्षी उम्मेदवारहरुले धमाधम उम्मेदवारी घोषणा गरिरँहदा प्रदेश सभा ख को क्षेत्रीय सभापतिमा श्यामराज्य खड्काले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
दोलखाको विगु गाउँपालिकास्थित लादुक स्थायी घर भएका नेता खड्काले क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । दोलखा कांग्रेसको १३ औं जिल्ला अधिबेशनमा खुल्लातर्फबाट अत्याधिक मतका साथ जिल्ला कार्यसमिति सदस्य पदमा निर्वाचित भएका खड्काले यो पटक आफुले क्षेत्रीय समिति मार्फत पार्टी संगठन बिस्तार गर्ने उदेश्यले सभापति पदमा उम्मेदवारी दिएको जनाएका छन् ।

उनले कम्युनिष्टहरुले लामोसमय एकलौटी जिल्लामा शासन गरेको र नागरिकहरु आजित भैसकेको अवस्थामा अब कांग्रेसको नेतृत्व स्थापित गराउन आफ्नो उम्मेदवारी रहेको भन्दै अमुल्य मत प्रदान गर्न आम क्षेत्रीय प्रतिनिधि तथा कांग्रेसजनहरुमा अपिल समेत गरेका छन् । खड्का पेशाले क्रसर व्यवसायी हुन् । उनि क्रसर व्यवसायी महासंघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष समेत हुन् ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा चाइनीज कम्पनी सिनो हाइड्रोको गुण्डागर्दी

shyam khatiwada

दोलखाको गौरीशंकर गाउँपालिकाका ९ वटै वडामा मतदान सुरु , हालसम्म ८ सय २१ मत खस्यो

shyam khatiwada

दोलखाबाट छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २० जना घाइते

shyam khatiwada
Gaurishankar Post