Gaurishankar Post
समाचार स्वास्थ्य

महामारीको समयमा समाजसेवी खुलालको अर्को पुण्य काम ,गाउँको स्वास्थ्य चौकीलाई अत्याबश्यक औषधी सहयोग


दोलखा २० जेठ

दोलखाको कालिञ्चोक गाउँपालिका ४ गुमु निवासी समाजसेबी दिपक खुलालले हरेक वर्ष आफ्ना समाजसेवी अभियानहरु क्रमश अघि सार्दै आइरहेका छन् ।
२ वर्ष देखि महामारीको रुपमा फैलिदै गरेको कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष थुप्रै कामहरु गरेका खुलालले यो वर्ष भने आफ्नो गृह गाउँको स्वास्थ्य संस्थालाई अत्याबश्यक औषधी सहयोग गरेका छन् । खुलालले कालिञ्चोक गाउँपालिकाको स्वास्थ्य शाखा सँगको समन्वयमा अत्याबश्यक औषधीहरु खरिद गरि कालिञ्चोक गाउँपालिका ४ स्थित हिलेपानीमा रहेको स्वास्थ्य चौकीलाई पठाएका छन् । बुधबार खुलालले पठाएको औषधी उनकी धर्मपत्नी थिरकुमारी बुढाथोकी खुलालले एक समारोहका बिच स्वास्थ्य संस्थाका प्रमुखलाई हस्तान्तरण गरिएको छ । उनले पठाएको औषधीहरु कोरोना नियन्त्रण देखि गाउँघरमा नियमित आबश्यक पर्ने सम्मका रहेको खुलालल बताउछन् । उनका अनुसार सो औषधी खरिद गर्दा नगद १९ हजार खर्च भएको छ । लामिडाँडाको एउटा सामान्य परिवारमा जन्मिएका खुलाल रोजगारीको सिलसिलामा हाल राजधानी काठ्माण्डौमा बस्दै आएका छन् । उनि धन भएर भन्दा पनि मन भएकै कारण सामाजिक काममा निरन्तर लागि परिरहन्छन् ।
दिपक खुलालल पेसाले राष्ट्रसेवक हुन् , राजधानीस्थित सहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा कार्यरत उनले सामाजिक कामहरु थुप्रै गरेका छन् । खासगरी मुटु सँग सम्बन्धित समस्या लिएर अस्पताल पुग्ने जोकोहीलाई खुलालको सम्पर्कमा पुग्ने कोही नागरिक पनि खाली हात पर्किनुपरेको छैन । त्यो बाहेक पनि खुलालले दोलखाका दर्जनौं ठाउँहरुमा मुटुरोग शिबिर सञ्चालन गरि थुप्रै नागरिकको उपचारमा सघाएका छन् ।
गत वर्ष खुलालले काठमाडौं स्थित काँडाघारीमा रहेको घरमा भाडामा बस्ने सबैजानालाई घर भाडा छुट गरेका थिए । त्यस्तै खुलालले गत वर्ष कालिञ्चोक गाउँपालिकामा सञ्चालित एम्बुलेन्समा कार्यरत चालकहरुलाई पिपिइ लगाएतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका थिए । खुलालले रिटायर्ड लाइफमा पनि आफ्नो जन्म गाउँकै लागि सेवा गर्ने अभियान बनाएको बताएका छन् । उनले भने यहि माटोले मलाई यो अवस्थामा पुर्याएको हो त्यसैले यहि सेवा गर्ने रहर छ । खुलालले नागरिकले साथ दिए आफु गाउँको विकासका लागि नेतृत्व गर्नदेखि सबै कुरामा तयार रहेको संकेत गरेका छन् । खुलाल जस्ता पबित्र मन भएकाहरुले समाजको नेतृत्व गरिदिए साँच्चै समृद्ध समाजको परिकल्पना पुरा हुन्थ्यो ।

याे पढ्न छुटाउनु भयाे की ?

हुलाकी राजमार्गमा पुल निर्माण हुने भएपछि स्थानीयहरुमा खुसियाली

shyam khatiwada

मेलुङका पुर्व विद्यार्थीले सम्झिए आफ्ना गुरु

shyam khatiwada

दोलखाको खारेमा पहिरो एक मजदुरको मृत्यु दर्जनौं घर बिस्थापित

shyam khatiwada
Gaurishankar Post