Gaurishankar Post
ब्रेकिंग वाग्मती स्वास्थ्य

योगदान राष्ट्रका लागि र बोधिसत्व विहारद्धारा दोलखामा ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग


दोलखा २५ जेठ,,
कोरोना महामारीको दोस्र्रो लहर्डका कारण अत्यन्त प्रभावित भएको पुर्बी पहाडी जिल्ला दोलखाका विभिन्न स्वास्थ्य संस्थाहरुमा योगदान राष्ट्रका लागि र बोधिसत्व विहारले ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
योगदान राष्ट्रका लागि भन्ने संस्थाको विशेष पहलमा बोधिसत्व विहारले दोलखाका मुख्य मुख्य अस्पताल सहित केही स्वास्थ्य चौकी र अन्य सामाजिक संस्थाहलाई अत्याबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सहयोगी संस्थाले जिल्लाका मुख्य अस्पतालहरु चरिकोट अस्पताल , जिल्ला अस्पताल जिरी , सिंगटी प्राथमिक स्वास्थ्य केन्द्र , वैतेश्वर अस्पताल , लापिलाङ स्वास्थ्य चौकी क्षेत्रपा स्वास्थ्य चौकी लगाएतका स्वास्थ्य संस्थामा अत्याबश्यक सामाग्री सहित केही औषधी समेत वितरण गरेको संस्थाका बरिष्ठ सल्लाहाकार तक्त जिरेलले जानकारी दिए । उनका अनुसार उल्लेखित स्वास्थ्य संस्थाहरुमा पिपिई सेट , एन नाइन्टी फाइब मास्क, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, टब ग्लोब्स, अक्सिजन कन्सन्टेटर, पल्स अक्सिमिटर, थर्मल गन, फेस सिल्ड, सेजिटाइजर , फिनेल , हर्पिक लगाएत स्वास्थ्य सामाग्री तथा केही औषधी समेत रहेको छ । सल्लाहाकार जिरेलका अनुसार सबै सामाग्रीहरु खरिद गर्दा झण्डै पैंसठ्ठी लाख बजेट खर्च भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

लापिलाङका पहिरोपिडितलाई कांग्रेस सांसद जिपछिरिङ लामाको राहत सहयोग

shyam khatiwada

गाउँबासीको स्वास्थ्यमा लगानी गर्दै लापिलाङका युवा भरत पाण्डे

shyam khatiwada

श्रीमानको शोक बोकेर चुनावी मैदानमा उभिएकी छु,मतदाताले न्याय गर्नुहुन्छ भन्नेमा विस्वस्तछु पासदिकी तामाङ

shyam khatiwada
Gaurishankar Post