Gaurishankar Post
समाचार स्थानीय समाचार

वडाको बजेट मनोपरि गरेको भन्दै भीनपा ८ बोचमा कांग्रेसले गर्‍यो तालाबन्दी


दोलखा ९ भदौ,,,,
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा नगरबाट विनियोजित विकास बजेट वडा जनप्रतिनिधिहरुले मनोपरि गरेको भन्दै कांग्रेसको वडा समितिले वडा कार्यालय तालाबन्दी गरेको छ ।
सर्वसाधरण कृषकका लागि नगरले विनियोजन गरेको बजेट जनप्रतिनिधीहरुले आफैं लिने गरेको तथ्य सार्वजनिक भएसँगै कांग्रेसले च्याउन माग गरेको र अटेर गरेपछि तालाबन्दी गरि आन्दोलन सुरु गरेको हो । नेपाली कांग्रेस बोचका सभापति नारायण बस्नेत नेतृत्वको टोलीले तत्काल अनियमितता छानविन गरि दोशीउपर कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् , सभापति बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तीमा वडाका जनप्रतिनिधिलेनै जनताका लागि आएको गोठ सुधारको ५ लाख रुपैंया अनियमितता गरेकाले तत्काल छानविन गर्न न्यायीक निकायको ध्यानाकर्शण गराएका छन् । कांग्रेसले भीनपा ८ का वडाअध्यक्ष सहितका जनप्रतिनिधिले हरेक वर्ष सार्वजनिक सुनुवाइ नै नगरि कोठे उपभोक्ता समिति बनाएर लाखौंको विकास बजेट अनियमितता गरेको आरोप समेत लगाएको छ । सार्वजनिक रुपमा सरोकारवाला र स्थानीय बासीन्दा हरु सहित सर्बपक्षिय भेलाबाट गठन गरिनुपर्ने उभोक्ता समिती बन्द कोठामा आफुखुसी कार्यकर्ता भर्ती गर्दै विकास बजेट भ्रस्टाचार गरेको भन्दै वडाअध्यक्ष नकुल केसी विरुद्ध चरणबद्ध आन्दोलन गर्ने सभापती बस्नेतले जनाएका छन् । नेपाल तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले बोचमा भएको अनियमितता तत्काल छानविन नभए कडा संघर्षका कार्यक्रम गर्न नेपाली कांग्रेस बोचलाई आबश्यक सहयोग गर्ने र कडा संघर्षका कार्यक्रम गर्न तयारी रहन आग्रह गरेका छन् । उनले बोचमा पटक पटक अनियमितता हुने र नागरिकहरुको गुनासो आइरहने भएकाले शुसासन र पारदर्शीता स्थापनाका लागि पनि कडा आन्दोलन जरुर रहेको जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

कोभिड संक्रमणबारे सचेतना फैलाउन माक्स वितरण गर्दै दोलखाका प्रजिअ शर्मा

shyam khatiwada

दोलखाका मुख्य दलले टुंग्याए उम्मेद्वार,यी हुन सिफारिसमा परेका नेता

shyam khatiwada

दोलखा कांग्रेसका सचिब रिमाललाई कोरोना संक्रमण पुष्टी

shyam khatiwada
Gaurishankar Post