Gaurishankar Post
देश ब्रेकिंग

विकट गाउँ कालिञ्चोकको छिपुङमा पहिलोपटक पुग्यो यात्रुबाहक बस


दोलखा १ चैत,
दोलखाको विकट गाउँ कालिञ्चोक गाउँपालिका १ छिपुङमा पहिलो पटक यात्रुबाहक बस पुगेको छ ।
आइतबार एक समारोहका बिच पहिलो पटक छिपुङ पुगेको रोलवालिङ यातायातको बसलाई स्थानीयले भब्य स्वागत गरेका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बाबुलाल थामी र चरिकोटस्थित रोलवालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्य लगाएतका पदाधिकारीहरुको संयुक्त प्रयासमा पहिलोपटक दैनिक बस सेवा सुरु गर्न लागिएको हो । आइतबार पहिलोपटक छिपुङ पुगेको रोलवालिङ यातायातको ७९२५ नम्बरको बसलाई स्थानीयले भब्य रुपमा फुलमाला गरेर स्वागत गरेका थिए ।

भोलीदेखि राजधानी काठमांडौबाट कालिञ्चोकको छिपुङका लागि विहान ६ बजे निरन्तर बस सेवा सञ्चालन हुने रोलवालिङ यातायातले जनाएको छ । बस निरन्तर सञ्चालन गर्न सडकको अवस्थामा सुधार गर्दै लगिने कालिञ्चोक १ का वडा अध्यक्ष बाबुलाल थामीले बताएका छन् । छिपुङ सम्म दैनिक बस सेवा सञ्चालन हुँदा कालिञ्चोकको क्याङ्पोल, बेगुम्पा , तारेभिर , डुसीखर्क लगाएतका स्थानीयहरुलाई यात्रामा सहज हुने स्थानीय बसन्त थामीले जानकारी दिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

shyam khatiwada

चिनिया कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिपिसी मार्फत नेपाल भित्रीयो

shyam khatiwada

दोलखाली पत्रकारको आइसुलेसनमा गौरीशंकर बिजनेस ग्रुप जापानको सहयोग

shyam khatiwada
Gaurishankar Post