Gaurishankar Post
समाचार

वैतेश्वरका किसानलाई ७० प्रतिशत अनुदानमा ६५ थान मौरी घार वितरण


दोलखा ३१ जेठ
,,
दोलखाको वैतेश्वर गाउँपालिकाले मौरी व्यवसाय सञ्चालन गर्न चाहाने ६५ घरपरिवारलाई एक एक थान मौरी सहितको घार वितरण गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको स्विकृत बजेटबाट मौरी व्यवसाय सञ्चालन गर्न चाहाने किसानलाई ७० प्रतिशत अनुदानमा मौरी सहितको घार वितरण गरेको हो । गाउँपालिकाको कृषि शाखाका अनुसार वडा नम्बर १ गैरिमुदी देखि वडा नम्बर ८ को क्षेत्रपा सम्मका इच्छुक मौरीपालक किसानहरुलाई अनुदानमा घार मौरी सहितको घार वितरण गरेको गाउँपालिकाका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए । उनका अनुसार मौरी घार यस अघिनै वितरण गर्ने कार्यक्रम भएपनि कोरोना महामारीका कारण जारी निशेधाज्ञाले केही ढिलाई भएको जनाएका छन् ।
कृषि शाखाले केही समय अघि जारी गरेको सुचनाका आधारमा आबेदन दिने किसानहरुमध्ये लागत सहभागितामा सहभागी हुने किसानलाई मौरी वितरण गरिएको शाखा प्रमुख होम दाहलले जानकारी दिए । छनोटमा परेका किसानहरुलाई आबश्यक तालिम सहित मौरी घार वितरण गरिएको थियो । छनोटमा परेका किसानले मौरी सहितको घार प्राप्त गरेसँगै प्रतिव्यक्ती १ हजार ८ सय लगानी गरेका थिए । वडा तहका किसानहरुमा पछिल्लो समय मौरी व्यवसाय प्रति आकर्शण बढ्दै गएको गाउँपालिकाकी अर्कि कृषि प्राविधिक सुनिता ढुंगेलले बताएकी छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

महाँलक्ष्मी नगरको उपप्रमुखमा कांग्रेस नेतृ खनियालाई अघि सार्ने कांग्रेसको तयारी

shyam khatiwada

कालिञ्चोकको जंगलमा अबैध काठ काट्ने १३ जना विरुद्ध मुद्धा दर्ता

shyam khatiwada

दोलखाका मुख्य दलले टुंग्याए उम्मेद्वार,यी हुन सिफारिसमा परेका नेता

shyam khatiwada
Gaurishankar Post