Gaurishankar Post
वाग्मती स्थानीय समाचार स्वास्थ्य

गाउँबासीको स्वास्थ्यमा लगानी गर्दै लापिलाङका युवा भरत पाण्डे


दोलखा १५ जेठ
दोलखाको कालिञ्चोक गाउँपालिका ६ लापिलाङ निबासी भरत पाण्डेले कोरोना महामारीबाट आफ्नो गाउँ बचाउन गाउँको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सहयोग गरेका छन् ।
कोरोना महामारीबाट गाउँबासी जोगाउन पाण्डेले व्यक्तिगत लगानीमा स्वास्थ्य सामाग्री तथा विपन्न तथा गबि नागरिकहरुका लागि औषधी खरिद गरि उपलब्ध गराएका हुन् । यस्तो महामारीको समयमा पनि पाण्डेले आफ्नै खर्चमा कोभिड नियन्त्रणका लागि अत्याबश्यक स्वास्थ्य सामाग्रीहरु एन नाइन्टी फाइभ मास्क , हजारौंको संख्यामा सर्जिकल मास्क , फेस सिल्ड, अत्याबश्यक औषधीहरु स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा सयौं स्थानीय बासिन्दाहरुलाई वितरण गरेका छन् । उनका अनुसार कोरोना महामारीमा मात्रै स्वास्थ्य सामाग्री र नियमित तथा अन्य औषधी खरिद गर्दा झण्डै २० हजार रकम खर्च भैसकेको छ ।


एक दिर्घरोगी बालकलाई ३ वर्षदेखि माशिक ४ हजारको औषधी उपलब्ध गराउदै पाण्डे

मनकारी युवा भरत पाण्डेले कालिञ्चोक गाउँपालिका ६ निबासी एक बालकलाई मानशिक समस्या भएको र परिवारको आर्थिक अवस्था बच्चालाई नियमित औषधी खुवाउन नसक्ने भएपछि उनले माशिक ४ हजार रुपैंया खर्च गरि त्यो बालकलाई ३ वर्षदेखि औषधी उपलब्ध गराउदै आएका छन् । कालिञ्चोक गाउँपालिका ६ की इन्दुकुमारी विक का छोरालाई पाण्डेले बार्शिक झण्डै ५० हजार बराबरको औषधी उपलब्ध गराउदै आएको जानकारी दिए । पाण्डे नेपाल आर्मीका रिटायर व्यक्ति हुन । उनि हाल राजधानी काठमाडौं र गाउँमा आलोपालो बस्ने गरेका छन् । पाण्डे नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका ६ का सभापति समेत हुन तर गाउँबासीको समस्यामा सहयोग गर्न आफुले कुनै राजनीतिक स्वार्थ नराखेको सुनाउछन् । उनले भने म मेरो आस्थाको आधारमा कुनै दलमा आबद्ध होउँला तर मैले गर्ने काम राजनीतिमा मात्रै आधारित हुनुहुदैन ।

याे पढ्न छुटाउनु भयाे की ?

आगलागी पिडित अधिकारी परिवारलाई कालिञ्चोक सरोकार समाजको आर्थिक सहयोग

shyam khatiwada

कोरोना महामारीमा गजेन्द्र स्मृति बाबरेको एम्वुलेन्समा छुटको प्याकेज घोषणा

shyam khatiwada

कालिन्चोक गाउँपालिका वडा नः ९, दीपज्योति समाज सुधार सस्था, दोलखा र नेपाल रेडक्रस सोसाइटी सुन्द्रावती उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

sanjeet
Gaurishankar Post