Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

समाजसेवी उप्रेतीद्धारा रत्नराज्य स्कुलमा खोलिएको आइसुलेसन वार्डलाई ५० हजार सहयोग


जेठ १६ काठमांडौं,,
समाजसेवी एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्यसम्पादन समिति सदस्य सोभित उप्रेतीले कोरोना महामारीको समयमा बिरामी उपचारका लागि रत्नराज्य स्कुलमा तयार गरिएको आइसुलेसन वार्डलाई नगद ५० हजार रकम सहयोग गरेका छन् ।
दोलखाको शैलङु गाउँपालिका स्थायी घर भई हाल राजधानी काठमाडौं बस्दै आएका उप्रेतीले कोभिड महामारीको नियन्त्रणका लागि रत्नराज्य स्कुलमा निर्माण भएको आइसुलेसन वार्डलाई नगद ५० हजार रकम सहयोग गरेका हुन् । कोभिड संक्रमितको संख्या दिनानुदिन वृद्धी भैरहेका बेला रत्नराज्य स्कुलमा स्थानीय हन्ड्रेडस ग्रुपले सञ्चालन गरेको आइसुलेसन वार्डमा समाजसेवी उप्रेतीले नगद सहयोग गरेको अभियान्ता दिपेन्द्र श्रेष्ठले बताएका छन् । अभियान्ता श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा आइसुलेसन सम्बन्धि अपिल गरेका छन् । उप्रेतीले उपलब्ध गराएको नगद काठमाण्डौ १० का वडाअध्यक्ष रामकुमार केसीको रोहबरमा हन्ड्रेडस ग्रुपकी प्रतिनिधि अनमिका अर्याललाई हस्तान्तरण गरिएको छ ।
समाजसेवी उप्रेतीले वर्षाैं देखि थुप्रै सामाजिक कामहरु गर्दै आएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

एमालेलाई दोलखामा विगतकै अवस्थामा फर्काउन मेरो उम्मेद्धारी – उपसचिब उम्मेद्धार विदुर शर्मा

shyam khatiwada

दोलखाको च्छो–रोल्पा अस्पतालमा“ट्रमा युनिट” सञ्चालन

shyam khatiwada

पहिरो प्रभावित क्षेत्र झमार्सी पुगे मन्त्री काफ्ले ,अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न निर्देशन

shyam khatiwada
Gaurishankar Post