श्याम खतिवडा
दोलखा ४ फागुन,,,
एक सय सैंयाको दोलखाकै सबैभन्दा ठुलो च्छोरोल्पा जनरल अस्पतालले आफ्नो स्थापनाको १७ औं वार्षिकउत्सब मनाउदै थप व्यवस्थित र सुविधासम्पन्न अस्पताल बनाउने तयारी गरेको छ ।
दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित यो अस्पतालले १७ वर्ष पुरा गर्दैगर्दा जिल्लाकै ठुलो मात्रै नभएर सुविधासम्पन्न बनाइ उपचारका लागि राजधानी जानुपर्ने वाद्यताको अन्त्य गर्नेगरी तयारी सुरु गरेको हो । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत सहुलियत शूल्कमा उपचार गर्ने, विपन्न असक्त,असहायहरुको लागि निःशूल्क तथा विशेष छुटमा उपचार सेवा लगाएत आगमी दिनमा विशेषज्ञ सेवा विस्तार गरी घर घरमै पुगेर उपचार सेवा प्रवाह गर्ने तयारी अस्पतालको छ । बिहिबार भीमेश्वर नगरपालिकाको नगर प्रमु्ख ईश्वरनारयाण मानन्धरले एक भव्य समारोहका बिच अस्पतालको १७ औं वार्षिकउत्सबको उद्घाटन गर्दै च्छोरोल्पा निजी क्षेत्रको जिल्लाकै सबैभन्दा ठुलो अस्पताल रहेको बताए । उनले न्युन आर्थिक अवस्था भएका बिरामीहरुको पहिचान गरि उनिहरुको उपचारमा थप सौलियतको व्यवस्था गर्न आग्रह समेत गरेका छन् । उनले आर्थिक अभावकै कारण दोलखाबासीले ज्यान गुमाउनुपर्ने वाद्यता अन्त्य हुनुपर्ने बताउदै स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । अस्पतालका सञ्चालक पृथ्वी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका गतिविधि तथा उपलब्ध सेवाका बारेमा जानकारी गराइएको थियो । केही समय अघिमात्रै सेवामा जोडिएका अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले गुणस्तरीय सेवा प्रवाहको लागि अन्तराष्ट्रि संघ सस्था संग समन्वय गरी जिल्लामा सवै खाले उचार दिने अस्पतालको रुपमा स्थापित गर्न प्रयासरत रहेको बताएका छन् । वार्षिकउत्सबका अवसरमा अस्पतालले स्मारीका समेत प्रकाशन गरेको छ ।
वार्षिक उत्सवको अवरमा अस्पताललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने विभिन्न संघ संथलाई मम्मान समेत गरेको छ । कार्यक्रममा भीमेश्वर नगरपालिकाको नगर प्रमुख ईश्वरनारायण मानन्धर, दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठ, पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, जिल्ला अध्यक्ष दीपशंकर चौलागाई लगायत सहभागी थिए ।
दोलखा मै पहिलो पटक ईन्डोस्कोपी सेवा
च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटले जिल्ला मै पहिलो पटक अत्याधुनिक मेशिनबाट ईन्डोस्कोपी र कोलोनोस्कोपी सेवा दिन शुरु गरेको छ । अस्पतालकी प्रशासन प्रमुख शर्मिला बुढाथोकीका अनुसार आफ्नो १७ औं वार्षिक उत्सवको अवसरमा शल्यक्रिया सहित ईन्डोस्कोपी शिविर आयोजना गरि सेवा शुरु गरेको र यसलाई निरन्तरता दिइनेछ । शिविरमा एमसिएच,जिआई सर्जन डाक्टर रोनी दहालबाट २६ जनाको ईन्डोस्कोपी र १ जनाको कोलोनोस्कोपी सेवा दिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिए । दोलखा जिल्ला मै न्यून शुल्कमा ईन्डोस्कोपी,कोलोनोस्कोपी सेवाले आम सेवाग्राहीलाई सहज हुने अस्पतालले जनाएको छ । शिविरमा एमसिएच,जिआई सर्जन डाक्टर रोनी दहाल,जनरल सर्जन डाक्टर अर्चना के.सी, एनेस्थियोलोजिष्ट डाक्टर तुलसीराम श्रेष्ठ,हिमाल श्रेष्ठ,इन्डोसकोपी इक्युपमेन्ट सप्लायर्स अनिल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कर्मचारी सम्मानित
च्छो–रोल्पा जनरल अस्पतालमा स्थापना कालदेखि कार्यरत रही उत्कृष्ट काम गर्ने प्रशासन प्रमुख सहित ९ जना सम्मानित हुनु भएको छ । विभिन्न विभागमा कार्यरत कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको आधारमा सम्मानित हुनेमा पूर्व कर्मचारी डाक्टर सन्तोष कुमार यादव रेडियोलोजि विभागका रेडियोग्राफर जीवन दुवाल,रिसेप्सनिष्ट करिष्मा लामा,ल्यवाव असिष्टेनट सुनिता तमाङ,अनमी रविना चौलागाई,अहेव अनिता थापा,हेल्थ एड विभागका प्रमुख विर बहादुर थापा ,कर्मचारी पम्फा थापा जित बहादुर दहाल रहेका छन् । उत्कृष्ट काम गर्ने र संस्थामा लामो समय सम्म योगदान दिएका कर्मचारीलाई सम्मान गर्दा कर्मचारीको मनोवल बढ्नुका साथै काम गर्न थप प्ररेणा मिल्ने अस्पताल सञ्चालक समिति अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
फोटो
अस्पतालको १७ औं वार्षिकउत्सबको उद्घाटन गर्दै भीमेश्वरका नगरप्रमुख इश्वर मानन्धर । तस्बिर-gaurishankarpost
